नेपाल नगरपालिका संघ आयोजित विपद जोखिम न्यूनीकरण राष्ट्रिय नीति र अभ्यास विषयक १ दिने संवाद कार्यक्रम काठमाडौको होटेल दुसित प्रिन्सेसमा सम्पन्न भयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री अनिता देवी शाह प्रमुख अतिथि रहेको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख श्री आइतमान तामाङज्यु सहित १८ वटा नगरपालिकाका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, गाउँपालिका महासंघका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य, भुगर्भविद र सो संग सम्बन्धित बिज्ञ लगायतको उपस्थित रहेको थियो । नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा विपद न्यूनीकरण प्रस्तुतीकरणको साथै विपद जोखिमको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।
