मन्त्री बहादुरसिंह द्धारागौतम बुद्ध म्युजिक अवार्ड वितरण
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८० को टप–५ नोमिनेशन प्रमाणपत्र वितरण गर्नु भएको छ । अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रमाणपत्र प्रदान गर्नु भएको लक्ष्मण तामाङले जानकारी दिनु भयो । उँहाका अनुसार “अग्रजलाई सम्मान,नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीत,कला संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ बि.एस.के. एक्टिभ नेपाल प्रोडक्सनले आयोजना गरेको गौतम बुद्ध म्युजिक एन्ड फिल्म अवार्डमा बिभिन्न ब्यक्तीहरुलाइ प्रमाण पत्र प्रदान गरिएको हो । चलचित्र, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गित पप, गित म्हेन्दोमाया,गित तामाङ सेलो,देउडा लगायत विभिन्न विधाका गायक...
