सम्पर्क

ब्रेकिङ न्युज १

राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, २३ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले आज पद तथा गोपनीयतको शपथ लिनुभएको हो । यसैगरी नेकपा (माओवादी केन्द्...

फरार प्रतिवादी २ वर्षपछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
बैक कसुर मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका एक प्रतिवादी २ वर्ष पछि पक्राउ परेकोे छ । जिल्ला अदालत सिन्धुपाल्चोकबाट २०७८ असोज ८ गते बैक कसुर मुद्दामा ३ दिन कैद तथा रु दश लाख जरिवाना पाएर फरार ईन्द्रावती गाउँपालिका –५ निवासी ४५ वर्षीय ज्यान बहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

मेलम्ची बजार अनुगमन, अवैध रुपमा बेच्न राखिएका ८० लिटर पेट्रोल जफत

ब्रेकिङ न्युज १, समाचार
   सिन्धुपाल्चोकको मेलम्ची बजार अनुगमनको क्रममा अनुमति बिना बजार क्षेत्रमा तलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने बिक्रि वितरण गर्ने ४ वटा पसलहरुबाट ८० लिटर पेट्रोल जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोक, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय धुलिखेल र मेलम्ची नगरपालिकाको संयुक्त टोलिले मंगलबार मेलम्ची बजार क्षेत्रमा रहेका बिभिन्न होटल तथा पसलहरुको एकसाथ बजार अनुगमन गरेको थियो । बजार अनुगमनका क्रममा खाद्य पसल ९, होटल ४, बेकरी तथा मिठाई पसल ४ हार्डवेयर २, खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्रि गर्ने पसल ४, भेटेनरी तथा औषधी पसल ५ गरी २८ होटल तथा पसलहरुमा बिज्ञ टोली सहित अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद गुज्रिएका बिभिन्न सामानहरु जफत गरी खाद्य सुरक्षा सम्बन्धि मापदण्ड ...

चार दलिय गठबन्धनबिच आठ बुँदे सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्री पुष्प कमल दाहालले एकाएक नेपाली कााग्रेस सहीतको गठबन्धनलाइ तोडेर नँया गठबन्धन गर्नू भएको छ । नँया गठबनधनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीरहेका छन । यसै सन्धर्भमा नँया गठबन्धनको सँगबालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ।सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नु भएको छ । सहमती पत्रमा बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्ष आवश्यक रहेको उल्लेख छ। सोही बुँदामा चार राजनीतिक दलबीच संयुक्त स...

साँगाचोकको बाख्रा फर्ममा आगलागी हुँदा करोडौको क्षती

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका– १० लप्सेमा रहेको कृषि फर्ममा आगोलागी हुँदा करोडौ रुपैयाँ बराबरको क्षेती भएको अनुमान गरिएको छ । शनिबार राती विष्णु एग्रो फर्ममा भएको अगालागीका कारण २ सय २४ भन्दा बढी बाख्रा जलेर नष्ट भएका छन् भने फर्म पुरै ध्वस्त भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ विष्णुमायाँ गिरिको नाममा सञ्चालन भएको विष्णु एग्रो फर्ममा गएराती आगलागी भै करिब २ सय २४ वटा भन्दा बढि बोका बाख्रा नष्ट भएको थियो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक सन्तोष खड्कासँग सम्पर्क गर्दा गएराती करिब १ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी – १० लप्से स्थित बिष्णुमाया गिरीको काठ, फलाम र जस्ताले बनेको २ तले गोठ (बिष्णु एग्रो फार्म प्रा.लि.) मा आगलागी भएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय, साँगाचोक प्रहरी चौकीबाट सुरक्षाक...

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौं : हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत धेरै भक्तजनहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कुवेर गौतम र शान्ता कटुवालले गरेका थिए ।सामाज...

डडुवा बचत तथा ऋण सहकारीको १५औं बार्षीक साधरणसभा सम्पन्न

#, कृषि, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाको १५औ बार्षिक साधरणसभा एक समारोहका बिच शनिबार सम्पन्न भएको छ संस्थाका अध्यक्ष केशव प्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष उद्धव प्रसाद नेपालले उद्घाटन गर्दै सहकारीताको माध्यमबाट गरेका काम सबै सफलता हुने भएकोले सहकारीताको माध्यमबाट काम गर्नेलाई स्थानिय सरकारले पनि प्रोत्साहन गरिने बताउनु भयो ।उहाँले डडुवाका रहेका सहकारि मध्य डडुवा बचत तथा ऋण सहकारि संस्थाले वडाबासीको साना–साना समस्या समधान गर्न अग्रणी भुमिका निर्बाह गरेकोमा विशेष धन्यबाद दिनुभयो । उहाँले युवाशक्ति बिदेसिने क्रम बढेको र घरमा बुढाबुढी मात्र बस्ने गरेको प्रती दुखेसो पोख्दै उत्पादनमुखी र रोजगारमुखी काममा सहकारीहरुले प्रोत्साहन दिनपर्ने बताउँनु भयो । उहाँले १४ न...

इर्खूमा निर्माण भएकोे ला–नरुवोनको शालिक उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ इर्खूमा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको बुधबार एक समारोहका बिच उद्धघाटन भएको छ । तामाङ समुदायको आस्थाको धरोहर ला–नरुबोनको पुर्ण कदको सालिक सम्भवतः देशकै पहिलो र अग्लो पुर्ण कदको सालिक चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा उद्धघाटन भएको हो । उद्धघाटन समारोहमा नगर प्रमुख सापकोटा,वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गाल , लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेतलागएतलाइ सम्मान समेत गरिएको थियो । मुल आयोजक समितीका संयोजक धन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा १४वटै वडाका झाक्री झक्रीनीहरुले कामेर गुरु पुजामा सहभागी जनाएका थिए ।       कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख ...

समाचार हुबहु सार्ने १८३ अनलाइन काउन्सिलको कारबाहीमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै गत आ.व. यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो । कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।बुधवार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । ब...

डडुवाको सडक कालोपत्रे, सम्झौता भन्दा ४ महिना अगाडि नै सम्पन्न

#, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
हामिले देशका पुर्बधार बिकासमा धेरै कामहरुका बारेमा समाचार लेख्ने र पढ्ने गरेका छौ । यस अबधिमा राम्रा र गुणस्तरिय कामका लागी हरेक दवाव दिएको समयमा काम सम्पन्न नभएर ठेकेदार फरार रहेको समाचार पढेका छौ । तर कोटेशनको समयभन्दा पनी अगाडी नै गुणस्तरिय काम सम्पन्न गरेर भुक्तानी माग गर्ने ठेकदारहरु कमै मात्रमा छन् । हालै मात्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितीका प्रमुख समेतले धुलिखेल सडक मार्ग छिटो र गुणस्तरियताका लागी अनशन नै बस्नु पर्याे । तर सिन्धुपाल्चोक जिल्लामा यस्ता निर्माण कम्पनी छन् जसले समयमा नै काम गरेर स्थानीय बिकासमा गुणस्तरियता कायम राखेको पाइन्छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा २ किलोमिटर सडक कालोपत्र गर्ने कार्य सम्झौताको म्याद भन्दा अगाडी नै सम्पन्न गरेको छ । भेष नाथ सापकोटा, रामकुमार लामा र सुभाष राज गिरी सञ्चालक रहेको कचद दगष्मिभच उखत।ति...