सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाको १५औ बार्षिक साधरणसभा एक समारोहका बिच शनिबार सम्पन्न भएको छ

संस्थाका अध्यक्ष केशव प्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष उद्धव प्रसाद नेपालले उद्घाटन गर्दै सहकारीताको माध्यमबाट गरेका काम सबै सफलता हुने भएकोले सहकारीताको माध्यमबाट काम गर्नेलाई स्थानिय सरकारले पनि प्रोत्साहन गरिने बताउनु भयो ।उहाँले डडुवाका रहेका सहकारि मध्य डडुवा बचत तथा ऋण सहकारि संस्थाले वडाबासीको साना–साना समस्या समधान गर्न अग्रणी भुमिका निर्बाह गरेकोमा विशेष धन्यबाद दिनुभयो । उहाँले युवाशक्ति बिदेसिने क्रम बढेको र घरमा बुढाबुढी मात्र बस्ने गरेको प्रती दुखेसो पोख्दै उत्पादनमुखी र रोजगारमुखी काममा सहकारीहरुले प्रोत्साहन दिनपर्ने बताउँनु भयो । उहाँले १४ नं. वडामा रहेको नेत्रज्योति कृषि सहकारी संस्थाले नगरका बिद्यालयहरुमा दिवा खाजाको ब्यवस्थापन गरिरहेको बाँझो जमिनलाई खेतियोग्य बनाउँन लागि परेकोमा धन्यबाद दिदै डडुवा बचत तथा ऋण सहकारी संस्थाले पनि वडा बासिहरुलाई आबश्यक पर्दा आर्थिक सापटि दियर सहयोग गरेको बताउँनुभयो । कार्यक्रमका विशेष अतिथि डडुवा भवानि शंकर माध्यमिक बिद्यालका प्रधानाध्यापक बद्रि प्रसाद नेपालले सहकारिको सञ्चालन गर्न भन्न जति सजिलो छ काम गर्न त्यति नै गार्हाे हने बताउनुभयो । सहकारी संस्थामा आर्थीक कारोबार पारदशीता भयो भने संस्था सफलतामा जाने बताउँनु भयो ।
कार्यक्रमका अर्का विशेष अतिथि लोकप्रिय नेत्रज्योति सञ्चार समुहका कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतले बिषयगत सहकारी संस्थाहरुले बिषयगत सुचिमा रहेर काम गर्न पर्ने बताउँदै बचत तथा ऋण सहकारि संस्थाका सञ्चालकलाई शेयर सदस्यले सहयोग गरेनन भने पनि संस्था सञ्चालनमा समस्या पर्ने र कर्जा लिनेले लिएको कर्जा सदुपयोग नगरि समयमा साँवा व्याज नतिर्दा सहकारि सङ्कटमा पर्ने भएकोले समयमा साँवा व्याज तिर्न पर्ने बताउँनु भयो । उहाँले सरकारको निति अनुसार समान उद्देश्य भएका सहकारीमा एक भन्दा बढि सँस्थामा सदस्य बनेर सञ्चालक बन्न नहुने बताउनु भयो । सहकारी सँस्थाका सँस्थापकहरु रामप्रसाद नेपाल, केशबराम नेपाल जस्ता ब्यक्तिहरुको अनुपस्थित रहँदा अलि खल्लो लागेको भएपनि सँस्थाले गरेका कामहरुप्रति कुनै कुरामा पनि खोट लगाउने ठाउँ नभएको बताउनु भयो ।सस्थाका सचिब भेष बहादुर खत्रीले सञ्चालन गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष सीता बस्नेतले ५५१६२२५०१.९३को आय ब्यय आर्थिक प्रतिबेदनप्रस्तुत गर्नु भयको थियो।कार्यक्रममा डडुवाबचत तथा क्रृण सहकारी सस्थाको अध्यक्ष केशब प्रसाद नेपालले कार्य समितीको बिघठन गर्नु भएको थियो त्यस लगत्तेै निर्बाचन समितीले निर्वाचन का लागी पदाधिकारीको नाम प्रसताव आह्वान गरेको थियो । सभाबाट पुरानै कार्यसमितीलाइ अनुमोदन गर्ने प्रस्ताव आए पछी निर्वाचन समितीका संयोजक डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयका प्र अ बद्री प्रसाद नेपालले निर्बीरोत्र निर्बाचित भएको घोषण गर्नू भएको थियो । यसरी निर्बीरोध निर्वाचित हुनहुनेहरुमा अध्यक्ष केशब प्रसाद नेपाल,उपाध्यक्ष जिवन कृष्ण नेपाल, सचिब भेष बहादुर खत्री, कोषाध्यक्ष सिता बस्नेत र सदस्यहरुमा सुदर्शन नेपाल, रामरेखा न्यौपाने, र कबीता नेपाली रहनु भएको छ । ४२१ जना शेयर सदस्य रहेको उक्त सहकारिले शेयर सदसहरुलाई हरेक बर्ष दशै खर्च बापत ६५०० , सुत्केरिखर्च समेत दिदै आएको छ२०५५ सालमा स्थपना भयको उक्त सभाले शेयर सदस्यको निधन हुँदा समेत काज कृया खर्चबापत सहयोग रकम उपलब्ध गराउँदै आईरहेको छ। संस्थाले नेटको व्यवस्था गरी रेमिटियान्स को व्यवस्थ, विद्युतिको शुल्क बुझउने, मोवाइल रिचार्ज, डिसहोम रिचार्ज, फोटो खिच्ने धुलाउने साथै फोन पे को व्यवस्था गरिएको छ ।
