सम्पर्क

त्रिपुरासुन्दरीमा मुटु रोगीलाई निःशुल्क औषधी बितरण

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत गाउँमै बसोबास गरेका मुटुका रोगीहरुलाई निःशुल्क औषधि वितरण कार्यक्रम सुरु गरेको छ । शुक्रबार गाउँपालिकाले त्रिपुरासुन्दरी –३ धुस्कुनबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले कार्यक्रमको शुभारम्भ गर्दै जनप्रतिनिधीले सबैभन्दा पहिले आफ्ना नागरिकहरुको समस्या पहिचान गरी समस्या समाधान गर्नका लागी पहल गर्नुपर्छ, त्यसमा पनी स्वास्थ्य, खानेपानी, शिक्षा गर्दै सहयोग गर्नुपर्छ भन्नुभयो । उहाँले नागरिकलाई स्वस्थ राख्न सक्यो भने मात्र नागरकिले आयआर्जन अनि बिकास काममा सहयोग गर्न सक्छन भन्दै उहाँले पालिकाबासी सबैले पहिले आफ्नो स्वास्थ्यमा ख्याल राख्न पर्ने बताउँनु भयो । उहाँले गाउँपालिका अन्तर्गत गाउँमा नै बसोबास गरेका गाउँपालिका मुटु रोगीहरुलाई वडा नं. ३ धुस्कुनबाट निःशुल्क औषधी बितरण गर्नुभएको हो । औषधी बितरणको पहिलो दिन सुरुमा वडा नंं. ३ मा १९ जनाले औषधी पाएको र अब नियमित नियमित रुपले बितरण गरिने त्रिपुरासुन्दरी स्वास्थ्य शाखाका संयोजक चन्द्र नारायण शाहले जानकारी दिनुभयो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ बाट मुटुका रोगिहरुलाई निःशुल्क औषधि वितरण कार्यक्रम सुरु गरेको छ । मानव जिवनमा अति महत्व रहेको मुटु रोगीहरुका लागी निःशुल्क औषधी बितरण गरेकोले यस्ता रोगीहरुका लागी ठुलो राहत पुगेको छ ।