रेशम र सिमरनले कतारबासीलाई नचाए छमछमी
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक
बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको “प्रथम अधिवेशन तथा बिविध साँस्कृतिक कार्यक्रममा नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका सिमरन परियार र रेशम निर्दोषले कतार बासीलाई छमछमी नचाएका छन् । शुक्रबार होलिडे भिल्लाको सभाहलमा बहुउद्देश्यीय अक्षयकोषको अभि वृद्धिको लागी आयोजना गरिएको विविध सास्कृतिक कार्यक्रममा कलाकारद्वयले आफ्नो प्रस्तुति दिदै भरपुर्ण नचाएका हुन् ।
कार्यक्रमको मुख्य आकर्षणमा रहेकी नेपालबाट आमन्त्रित अतिथी कलाकार भर्षटायल गायिका सिमरन परियारले आफ्नो पहिलो बैदेशिक सांगीतिक यात्रा कतार रहेको र कतार सम्म आउन सहयोग गर्नुहुने संस्था प्रति हार्दिक आभार व्यक्त गर्दै साँस्कृतिक कार्यक्रमको ढोका उघार्दै आफनो सांगीतिक प्रस्तुति राख्न सुरु गर्नुभयो । मेरो घर त बागलुङ,परदेशीको पानी परेको,नजर लाग्...
