सम्पर्क

Month: २०८३ श्रावण २७ बुधबार

संवादमा जुटे सामुदायिक वनका उपभोक्ता, १० बुँदे प्रक्रिया प्रस्ताव पारित

संवादमा जुटे सामुदायिक वनका उपभोक्ता, १० बुँदे प्रक्रिया प्रस्ताव पारित

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
बाह्रबिसे, सिन्धुपाल्चोक । मध्यबर्खाको समय ग्रामीण क्षेत्रका किसानहरू खेतीपातीको काममा व्यस्त भएका छन्। खेतबारीमा काम गर्ने चटारोबीच पनि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का स्थानीय बासिन्दाहरु भने आफ्नो सामुदायिक वनमा लामो समयदेखिको विवाद समाधानका लागि छलफल र संवादमा जुटेका छन्। गाउँमा कुनै उत्सवजस्तै देखिने गरी महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकहरू उत्साहपूर्वक एउटै ठाउँमा भेला भएर सामुदायिक वनको द्वन्द्व समाधानको बाटो खोजिरहेका थिए। बारबिसे नगरपालिका–३ मा रहेका महावीर छेल्टार बाहुने भिर सामुदायिक वन र लालीगुराँस सामुदायिक वन बीच लामो समयदेखि रहँदै आएको सीमा तथा वन स्रोत उपयोग सम्बन्धी विवादलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले आयोजित संयुक्त बैठकमा दुवै सामुदायिक वनका उपभोक्ता तथा सरोकारवाला निकायका प्रतिनिधिसहित करिब १२० जनाको सहभागिता रहेको थियो। संयुक्त बैठकले विवाद...
अन्तर्वार्ताः ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

अन्तर्वार्ताः ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

#, अन्तर्वाता, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार
काठमाडौँ, २७ साउनः नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताउनुभएको छ । उहाँले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पाइएको उल्लेख गर्नुभयो । महानिरीक्षक कार्कीले भन्नुभयो, “आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ, मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ ।” प्रस्तुत छ, मुलुकको शान्ति सुरक्षा, सुरक्षा सङ्गठनबीचको सहकार्य र समन्वय, सुनसरी घटना र उत्पन्न परिस्थिति, कानुन कार्यान्वयनको अवस्था, देखिएका चुनौ...
३८ बालबालिका संस्थाको संरक्षणमा,सेवक नेपालको १२औँ स्थापना दिवस

३८ बालबालिका संस्थाको संरक्षणमा,सेवक नेपालको १२औँ स्थापना दिवस

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
देबराज सुबेदी      काभ्रे । सेवक नेपाल, केन्द्रीय कार्यालय चाबहिल, काठमाडौंको १२औँ स्थापना दिवस काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ स्थित बालगृहमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ। स्थापना दिवस कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा प्रमुख अतिथि तथा नगर उपप्रमुख विष्णुमणि नेपाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष केशव सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। हाल सेवक नेपालको संरक्षणमा ३८ जना बालबालिका रहेका छन्। संस्थाका अध्यक्ष बुद्धकुमार गौतमका अनुसार देशका विभिन्न १४ जिल्लाका बालबालिकालाई संस्थाले संरक्षण, पालनपोषण तथा शिक्षादीक्षामा सहयोग गर्दै आएको छ। कार्यक्रममा समाजसेवी देवेन्द्र सापकोटा, मण्डनदेउपुर नगरपालिका–९ का वडाध्यक्ष सिताराम श्रेष्ठ, संस्थापक पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति मणिराम पौडेल,...
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २६ साउन : सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, ‘डिपफेक’, ‘हेट स्पिच’ तथा साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधिमैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ । रासससँगको अन्तर्वार्तामा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगबाट नागरिकबीचको सद्भाव खल्बलिन सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको बताउनुयो । उहाँका अनुसार सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न हुने गलत गतिविधि नियन्त्रणका लागि प्रहरीले आफ्नो जनशक्ति र प्रविधिलाई थप सक्षम बनाउँदै लगेको छ । त्यस्ता गतिविधिको निगरानी र अनुसन्धानका लागि साइबर ब्युरोलाई थप साधनस्रोत सम्पन्न बनाउने तथा प्रविधिबारे दक्ष जनशक्ति परिचालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । प्रहरीले ‘एडभान्स्ड एना...
सामुदायिकवनको बक्तृत्वकलामा चौतारको समृद्धि खड्का प्रथम

सामुदायिकवनको बक्तृत्वकलामा चौतारको समृद्धि खड्का प्रथम

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सगुन बस्नेत सवल हरित अर्थतन्त्रका लागी युवा सहभागिता र दिगो व्यवस्थापनमा स्थानीय सरकारको प्रतिबद्धता बिषयक बक्तृत्वकला प्रतियोगितामा कृष्ण रत्न गङ्गा माध्यमिक बिद्यालय चौताराकी समृद्धि खड्का पहीलो हुन सफल हुनु भएको छ । साामुदायक बन दिबश २०८३को अबशरमा चौतारा साँगचोकगढी नगरपलिका वडा नं ११मा रहेको जनबिकास माबीमा भएको बक्तृत्वकला प्रतियोगितामा नगर भित्रका १२वटा बिद्यालयले भाग लिएको थियो । वनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार शुसासन र हरित अर्थ तन्त्र समृद्धीको आधार भन्ने मुल नारा बोकेर हरेक बर्षको श्रावण २५ गतेलाइ सामुदायक बन दिबशको रुपमा मनाइने गरेको छ । सोही अबशर पारेर बन उपभोक्ता महासंघले बिद्यार्थीहरु बिच बक्तृत्वकला प्रतियोगिातको आयोजना गरिएको आयोजक बन उपभोक्ता महासघंका जिल्ला अध्यक्ष जनक गिरीले जानकारी दिनु भयो । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ...
सामुदायिक वनलाई हरित अर्थतन्त्र र युवा रोजगारीसँग जोड्नुपर्नेमा जोड

सामुदायिक वनलाई हरित अर्थतन्त्र र युवा रोजगारीसँग जोड्नुपर्नेमा जोड

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २५ साउनः सामुदायिक वनलाई आर्थिक समृद्धि, रोजगारी सिर्जना र हरित अर्थतन्त्रको आधारका रूपमा विकास गर्नुपर्नेमा सरोकार भएका निकायका प्रतिनिधिले जोड दिएका छन् । सामुदायिक वन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले सामुदायिक वनबाट आर्थिक उपार्जन बढाउन युवा सहभागिता विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले वन उद्यमलाई प्राथमिकता दिँदै वन क्षेत्रबाटै राज्यको आम्दानी वृद्धि गर्न सकिने धारणा राख्नुभयो । “सामुदायिक वन आर्थिक समृद्धिको आधार हो, यसबाट हुने आर्थिक उपार्जनमा युवाको सहभागिता बढाउन आवश्यक छ”, सचिव डा मिश्रले भन्नुभयो । वन तथा भू-संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले सामुदायिक वनको दिगो व्यवस्थापनसँगै हरित अर्थतन्त्र प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । विभागका उपमहानिर्देशक राजीवकुमार झाले नेपालमा ३५...
पशुपतिनाथमा दर्शनार्थीको ओइरो

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २५ साउनः आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो । पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको प...