सम्पर्क

Month: २०८३ भाद्र १५ सोमबार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

खानेपानी, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
काठमाडौँ, १५ भदौः विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३÷८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको छ । विज्ञापन बोर्डले पत्रपत्रिका, विज्ञापन एजेन्सी तथा अन्य सञ्चारमाध्यमलाई बोर्डमा अनिवार्य रूपमा सूचीकरण तथा नवीकरण गर्न आग्रह गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसअघि सूचना जारी गरी सूचीकरण तथा नवीकरण नगरी विज्ञापन कारोबार गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने र बोर्डबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको रकमसमेत भुक्तानी नहुने स्पष्ट गरिसकिएको बोर्डले जनाएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ को उपदफा (१) मा विज्ञापन कारोबार गर्ने सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीले तोकिए बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था छ । यस्तै, केही नेपाल ऐन संशोधन गर्ने ऐ...
एक बर्षमा एक चोटी गाउदै अञ्जु !

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

खानेपानी, खेलकुद, समाचार
प्राय सधैजसो तीजका अवसरमा आफ्नो गीती कोशेली लिएर आउने गरेकी अञ्जु श्रेष्ठले यसपाली पनि तिजको कोशेली एक बर्षमा एक चोटी ......... लिएर आएकी छिन् । तीज पर्वलाई मान्यता दीदै उनले हरेक बर्ष तीजको कोशेली लिएर आउने गरेकि हुन् । यस पालीको तीज गीत ल्याउने बेलामा तयारी गर्दैगर्दा रसुवामा बाढी गएपछि उनी पनि सम्हालिन सकिनन् । तयारी भैसकेको र शुटीङ समेत भैसकेको र खर्च समेत भएको अवस्थामा गीत यसै थन्काएर राख्ने पनि कुरा भएन । यहि बाध्यताका बिचमा उनले तीज गीत लिएर आएकी बताएकी छन् । आफ्नो स्वरमा उनले आफै छमछमी गरेकी छिन् । उनलाई डिम्पल नगरकोटीले छमछमी नाच्दै साथ दिएकी छिन् । कोरीयोग्राफी एवं निर्देशन भने मौसम हिमालीले गरेका छन् । गीतको निर्माता गंगामाया श्रेष्ठ हुन् भने भीडीयो छाँयाकन दीनेश पराजुलीले गरेका छन् । मनोज कार्कीले कलर र सम्पादन गरेका छन् भने श्रृंगार संगीता मिजारको रहेको छ । एक बर्षमा एक चोट...
गलत हल्लाका कारण लिपीङ देखी खाडीचौर सम्म भागदौड सुरक्षानिकायद्धारा भ्रममा नपर्न आग्रह

गलत हल्लाका कारण लिपीङ देखी खाडीचौर सम्म भागदौड सुरक्षानिकायद्धारा भ्रममा नपर्न आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  गलत हल्लाका कारणसिन्धुपाल्चोक जिल्लाको लिपीङ देखी खाडीचौर सम्म भागदौड मच्चीएको छ । बिहानै देखी सिमसिम पानी परिरहेको र लिपीङ सिमानामा चिनीया सुरक्षाकर्मीले गेट लगाइदिए पछी एक्कासी सबैको भागाभाग भएको अनुमामन गरिएको छ । केहीदिन अगाडी मात्रै रसुवामा बाढीआएर ठुलो जनधनको क्षती हुनु र अहीले पनी पानी पर्नु लिपिङबाट चिनको सिमानाको गेट लगाएपछी बाढी आएको शङ्का गरेर भागाभाग भएको हुन सक्ने अडकल गरिएको छ । बाढी बाट त्रसित रहेको नदी किनाराबासीहरुका लागी आधिकारिकता भन्दा पनी हल्लाको कारण भागदौड भएको हो हल्लाकै भरमा बाह्र्बिसे बजारका मानीसहरु बजार छोडेर माथी गएको सामाजीक सञ्जालमा देखीएको छ । बाढी नआएको र सरकारी पक्षबाट पनी कुनै सुचना नआएकोले सुरक्षाका लागी सचेत रहनु स्वभाबीकै भएता पनी अनाबश्यक हल्लाको पछाडी लागेर भागदौड गर्दा अनाबश्यक अरु घटना घट्न सक्ने हुन्छ त्यसैले हल्लाको पछाडी नलागी आधिकारिक...
विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
 काठमाडौं । भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ। भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रमको सुरुवात नै बाढीमा परी ज्यान गुमाएका सयौँ नेपाली नागरिकको स्मरणमा मौनधारणबाट गरिएको थियो।विपद्को पीडाबीच आयोजना गरिएको उक्त कार्यक्रमले संस्थागत जिम्मेवारी हस्तान्तरणसँगै मानवीय संवेदनालाई समेत केन्द्रमा राखेको थियो। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको कार्यक्रम प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले सञ्चालन गरेका थिए। सो अवसरमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथ...
भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
त्रिशूली (नुवाकोट), १५ भदौः भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गए रातिसम्म बाढीका कारण अति प्रभावित भएका तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिनुभयो । तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुईसय ५३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा छसय २४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । “बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।” प्रजिअ रेग्मीले भन्नुभयो, “उनीहरुको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।” भोटेकोशी...
बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ भदौः हाल देशभर साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थान बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ । महाशाखाद्वारा मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाल...
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
कमलकुमार बस्नेत/रासस काठमाडौँ, १४ भदौः गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रभावित आयोजनामा मानिससमेत फसेका सूचना आइरहेका छन् । प्रभावित क्षेत्रमा कति जलविद्युत् आयोजना थिए र त्यहाँ कति मानिसहरु फसिरहेका छन् त ? त्यस्तै सरकारले त्यहाँ फसिरहेका मानिसलाई उद्धारका लागि के के प्रयास गरिरहेको छ त ? र हालसम्मको प्रगति के छ ? स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण त्यस क्षेत्रमा ११ वटा आयोजना प्रभावित भएका छन् । नेपाली सेनाका अनुसार पछिल्लो चार दिनदेखि सुरुङमा फसेकाको उद्धारको प्रयास जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हेलिकप्टरमार्फत आज दिउँसोसम्म २७९ जनाको उद्धार भइसकेको छ । रसुवाको माथिल्लो त्रिशूली–१ का प्रवर्द्धक रहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प...
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १४ भदौः बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो । प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम सङ्कलन भएको हो । हिमालयन र लक्ष्मी बैंकमा थप रु २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको छ । विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको न...
तेक्वान्दोको जुनियर ग्रेडिङमा सुहानीलाई डबल प्रमोसन।

तेक्वान्दोको जुनियर ग्रेडिङमा सुहानीलाई डबल प्रमोसन।

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
 नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test सम्पन्न भएको छ । सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ सचिन तामाङ, सलिना चुहान , रेहान श्रेष्ठ , मिशन बागदाश , निभा श्रेष्ठ , विजय श्रेष्ठ , सुनिधी कक्षपति , कृजन दंगाल , उमेश तामाङ तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे । साथै कार्यक्रममा सिनियर खेलाडीहरुको प्रमाणपत्र पनि वितरण गरिएको थियोे । ग्रेडिङमा निलो पेटीतर्फ सुहानी श्रेष्ठ डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ । नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्य समितिका उपाध्यक्ष, कालो पेटी छैठौं डान , डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले ग्रेडिङ लिइएको थियो । साथै गुरुङले डबल प्रमोसन हुन सफल सुहानी श्रेष्ठ लगायत सम्पुर्ण खेलाडीहरुलाइ तेक्वान्दो भनेको क...