नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test सम्पन्न भएको छ । सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ सचिन तामाङ, सलिना चुहान , रेहान श्रेष्ठ , मिशन बागदाश , निभा श्रेष्ठ , विजय श्रेष्ठ , सुनिधी कक्षपति , कृजन दंगाल , उमेश तामाङ तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे । साथै कार्यक्रममा सिनियर खेलाडीहरुको प्रमाणपत्र पनि वितरण गरिएको थियोे । ग्रेडिङमा निलो पेटीतर्फ सुहानी श्रेष्ठ डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ । नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्य समितिका उपाध्यक्ष, कालो पेटी छैठौं डान , डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले ग्रेडिङ लिइएको थियो । साथै गुरुङले डबल प्रमोसन हुन सफल सुहानी श्रेष्ठ लगायत सम्पुर्ण खेलाडीहरुलाइ तेक्वान्दो भनेको किक र पन्च मात्र नभइ सम्मान , अनुशासन , निरन्तर लगनशीलता र आत्म नियन्त्रण हो भनी जानकारी दिनु भयो । तेक्वान्दो खेलको कुनैपनी हालतमा दुरुपयोग नगर्न समेत निर्देशन दिइएको थियोे ।
