सम्पर्क

गलत हल्लाका कारण लिपीङ देखी खाडीचौर सम्म भागदौड सुरक्षानिकायद्धारा भ्रममा नपर्न आग्रह

 

गलत हल्लाका कारणसिन्धुपाल्चोक जिल्लाको लिपीङ देखी खाडीचौर सम्म भागदौड मच्चीएको छ । बिहानै देखी सिमसिम पानी परिरहेको र लिपीङ सिमानामा चिनीया सुरक्षाकर्मीले गेट लगाइदिए पछी एक्कासी सबैको भागाभाग भएको अनुमामन गरिएको छ । केहीदिन अगाडी मात्रै रसुवामा बाढीआएर ठुलो जनधनको क्षती हुनु र अहीले पनी पानी पर्नु लिपिङबाट चिनको सिमानाको गेट लगाएपछी बाढी आएको शङ्का गरेर भागाभाग भएको हुन सक्ने अडकल गरिएको छ । बाढी बाट त्रसित रहेको नदी किनाराबासीहरुका लागी आधिकारिकता भन्दा पनी हल्लाको कारण भागदौड भएको हो हल्लाकै भरमा बाह्र्बिसे बजारका मानीसहरु बजार छोडेर माथी गएको सामाजीक सञ्जालमा देखीएको छ । बाढी नआएको र सरकारी पक्षबाट पनी कुनै सुचना नआएकोले सुरक्षाका लागी सचेत रहनु स्वभाबीकै भएता पनी अनाबश्यक हल्लाको पछाडी लागेर भागदौड गर्दा अनाबश्यक अरु घटना घट्न सक्ने हुन्छ त्यसैले हल्लाको पछाडी नलागी आधिकारिक्तामा लाग्न पर्ने आबश्यक छ । लिपीङ सिमाका नेपली प्रहरीलाइ चिनीया प्रहरीले नेपाली हरु किन भागेको भनी प्रश्न गरेको बताउँनु हुँदै नेपाली सुरक्षाकर्मीले सामाजिक सञ्जाल मार्फत लिपीङमा कुनै पानी बाढी नआएकोले भ्रममा नपर्न र नआतीन आग्रह गर्नु भएको छ । यस बिषयमा जिल्ला प्रशासन कार्यलयका प्रमुख प्रमुख जिल्ला अधिकारीले समेत यस कुरामा कुनै सत्यता नभएको बाढी आउँने सङ्केत र बाढीआएको खबर अहीले सम्म नआएकोले भ्रममा नपर्न समेत अनुरोध गर्नु भएको छ । उँहाले यस्ता अनाबश्यक हल्ला फैलाउँनेलाइ कानुनी कार्बहीको दाय।रामा ल्याइने समेत बताउँनु भयो ।