सम्पर्क

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

प्राय सधैजसो तीजका अवसरमा आफ्नो गीती कोशेली लिएर आउने गरेकी अञ्जु श्रेष्ठले यसपाली पनि तिजको कोशेली एक बर्षमा एक चोटी ……… लिएर आएकी छिन् । तीज पर्वलाई मान्यता दीदै उनले हरेक बर्ष तीजको कोशेली लिएर आउने गरेकि हुन् ।
यस पालीको तीज गीत ल्याउने बेलामा तयारी गर्दैगर्दा रसुवामा बाढी गएपछि उनी पनि सम्हालिन सकिनन् । तयारी भैसकेको र शुटीङ समेत भैसकेको र खर्च समेत भएको अवस्थामा गीत यसै थन्काएर राख्ने पनि कुरा भएन । यहि बाध्यताका बिचमा उनले तीज गीत लिएर आएकी बताएकी छन् ।
आफ्नो स्वरमा उनले आफै छमछमी गरेकी छिन् । उनलाई डिम्पल नगरकोटीले छमछमी नाच्दै साथ दिएकी छिन् । कोरीयोग्राफी एवं निर्देशन भने मौसम हिमालीले गरेका छन् । गीतको निर्माता गंगामाया श्रेष्ठ हुन् भने भीडीयो छाँयाकन दीनेश पराजुलीले गरेका छन् । मनोज कार्कीले कलर र सम्पादन गरेका छन् भने श्रृंगार संगीता मिजारको रहेको छ ।
एक बर्षमा एक चोटी को शब्द दीपक शर्मा र निशान साउदले लेखेका छन् भने स्वयम दीपक शर्माले संगीत दीएका छन् । नरेन्द्र बियोगीले मिक्सीङ एवं मास्टरीङ गरेका छन् ।
देशको संवेदनशिल अवस्थामा आफू पनि संवेदनशिल भएको उनले बताइन् । बाध्यता एवं परिस्थीतीका कारण गीत बजारमा ल्याएको उनले बताइन् । आफूलाई साथ दीन पनि उनले आग्रह गरीन् ।