सम्पर्क

चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिकाका कृषकहरुलाइ बिहीबार एक कार्यक्रमा बिच ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।नगरपालिकाले किसानको ५० प्रतिशत लगानी र नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनी टिलर र कम्बाइन डिक्स मिललगायतका कृषि उपकरण वितरण गरेको हो ।  कृषकहरुलाइ सामाग्र बितरण गर्दे नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले किसान ब्राण्डको टेक्टर कृषकले रोजेर खरिद गर्ने र त्यसको बिलका आधारमा ५०प्रशित रकम अनुदान दिने योजना लागु गर्न खोजेको भए पनी टेण्डर प्रकृयाबाट सामान खरिद गरेर बितरण गर्न पर्ने भएकाले ढिलो गरी कृषी सामाग्री बितरण गर्न परेको बताउँनु भयो। उँहाले अनुदानमा पाएको सामानको सही सदुपयोग गर्न पर्ने सके सम्म छरछिमेक सबैका समस्या समधान गर्न मिलेर सामाग्रीको प्रयोग गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले आगामी बर्ष बेलैमा खरिद प्रकृया पुरा गरेर बितरण गरिने बताउँनु भयो । सापकोटाले कृषिलाई प्राथमिकतामा राख्ने नगरपालिकाको नीतिअनुसार किसानलाई आधुनिक कृषि औजार उपलब्ध गराइएको बताउँनु हुँदै कृषि उपकरणको प्रयोगले किसानको श्रम र लागत घटाउन सहयोग पुग्ने बताउँनु भयो । कार्यक्रममा नगर उपप्रमुख सीता थापाले आर्थिक रूपमा कमजोर, सीमान्तकृत समुदाय र अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सामाग्री बितरण गरिएको बताउँनु हँुदै नगरपालिकाले मागमा आधारित सबैलाइ सम्बोधन गर्न नसकीएको भएता पनी गत बर्ष र यस बर्ष नलीएकालाइ अर्काे बर्ष दिन सकिने बताउँनु भयो । कृषक समूह, कृषि सहकारी, बहुउद्देश्यीय सहकारी, कृषि फर्म तथा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर मागका आधारमा सामग्री वितरण गरिएकोबताउँदै थापाले नगरपालिकाका सबै कृषकहरुले सुबिधा पाउँन भनेर नगरपालिकाकाले हरेक बर्ष यसरी अनुदानमा कृषी सामाग्री बितरण गरिएको बताउँनु भयो । नगरपालिकाका अनुसार ३७ वटा डिजेल र ८४ वटा पेट्रोलबाट चल्ने मिनी टिलर तथा १०३ वटा कम्बाइन डिक्स मिल वितरण गरिएको छ। उपकरण वितरणअघि मेकानिकल इन्जिनियरमार्फत परीक्षण गरी गुणस्तरीय सामग्री छनोट गरिएको नगरपालिका कृषी बिकास शाखाका शाखा प्रमुख चिरन्जिबी कटेलले बताउँनु भयो ।कृषि सामग्री पाएपछि किसानहरू उत्साहित भएका छन्। आधुनिक उपकरणको प्रयोगले खेतीपातीमा सहजता हुनुका साथै उत्पादन लागत घट्ने किसानहरूको अपेक्षा छ ।चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाबासीहरुलाइ यसरीकृषी सामाग्र ितथा उत्पादनमा आधारित अनुदान दिइरहेको छ ।