हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाग्मती प्रदेशसभा प्रमुख सचेतक कुमारी तामाङले बागमती प्रदेस सरकारमा सहभागी हुने तथा समर्थन गर्ने बिषयमा कुनै पनी निर्णय नभएको हुँदा संसदीय दलको नामबाट दिएको भनेको पत्रमाथी कुनै कार्बही नगर्न अनुरोध गर्नु भएको छ ।
उँहाले संसदीय दलको बैठकबिनै दलका नेता उद्धव थापाले एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष बुझाएको पत्रमाथि कुनै कारबाही अघि नबढाउन भन्नु भएको हो ।प्रदेश प्रमुखलाई पत्र लेख्दै प्रमुख सचेतक तामाङले संसदीय दलको औपचारिक बैठक नै नबसी दलका नेताले व्यक्तिगत लेटरप्याड प्रयोग गरी मुख्यमन्त्रीमा समर्थन गरेको पत्र बुझाएको विषय सञ्चारमाध्यमबाट जानकारी पाउँदा आफूहरू आश्चर्यचकित भएको उल्लेख गर्नु भएको छ् ।तामाङले पार्टीको निर्णय र वृहत्तर हितविपरीत स्वेच्छाचारी ढङ्गबाट अघि बढेको भन्दै संसदीय दलका नेता उद्धव थापाविरुद्ध भदौ १ गते बहुमतले अविश्वासको प्रस्ताव दर्ता भइसकेको पनि प्रदेश प्रमुखलाई जानकारी गराउँनु भएको छ ।पत्रमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको साउन २० गते बसेको बैठकले सरकार निर्माणको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको उल्लेख छ । उक्त निर्णयानुसार प्रदेश संसदीय दललाई निर्देशन दिइएको र सरकार निर्माणसम्बन्धी छलफलमा सहभागी नहुन तथा कसैलाई समर्थन नगर्न पार्टीका सांसदलाई ह्विप जारी गर्न संसदीय दलका नेतालाई निर्देशन दिइएको तामाङले बताउँनु भएको छ ।प्रमुख सचेतक तामाङले पार्टीको उक्त निर्णयविपरीत संसदीय दलको औपचारिक बैठकसमेत नबसी पठाइएको पत्र अनधिकृत रहेको दाबी गर्दै त्यसउपर कुनै काम कारबाही अघि नबढाउन प्रदेश प्रमुखसमक्ष अनुरोध गर्नु भएको जनाइएको छ ।पत्रमा राप्रपाको निर्देशनअनुसार संसदीय दलको बैठक बसेर सरकार निर्माणको विषयमा निर्णय गरिएकोसमेत स्मरण गराइएको छ ।तामाङका अनुसार २०८३ साउन २१ गते बसेको राप्रपा प्रदेश संसदीय दलको बैठकले बाग्मती प्रदेश सरकार निर्माणको चलखेलमा सहभागी नहुने र कसैलाई समर्थन नगर्ने निर्णय गरेको थियो । उक्त बैठकको अध्यक्षता स्वयं संसदीय दलका नेता उद्धव थापाले गरेको पत्रमा उल्लेख छ ।प्रमुख सचेतक तामाङले प्रदेश प्रमुखलाई पठाएको पत्रसँगै सोही बैठकको निर्णयसमेत संलग्न गरिएको बताउँनु भयो ।
पत्रको अन्त्यमा तामाङले संसदीय दलको निर्णय, पार्टीको केन्द्रीय निर्देशन तथा संसदीय प्रक्रियाविपरीत आएको पत्रलाई आधार बनाएर कुनै निर्णय नगर्न आग्रह गर्नु भयो ।
