सम्पर्क

राप्रपाद्धारा बागमती प्रदेसमा सरकारको समर्थन नगर्न निर्देशन

कुनै पनी सरकारको समर्थन वा सरकारमा समाबेस नहुने राप्रपाको केन्द्रिय निर्णयलाइ बागमती प्रदेस सभा सदस्यहरुको समर्थनमा नेकपा एमालेको सरकार बनाउँन लागेको बिषयलाइ लिएर राप्रपा केन्द्रिय कार्यलयले बगमती प्रदेस संसदीय दललाइ स्पस्टिकरण सोधेको छ । प्रदेशका गणितीय चलखेलमा सामेल नहुने पार्टीको निर्णय अटेर गर्दै बागमती प्रदेश सरकार निर्माणमा आफ्ना सांसदले समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही प्रक्रिया अघि बढाएको हो । सरकार निर्माणमा तटस्थ बस्न दिइएको निर्देशनविपरीत संसदीय दलको नेताले समर्थन दिएको हस्ताक्षर सार्वजनिकप्रति राप्रपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त कार्यले गम्भीर अनुशासन उल्लंघन भएको ठहर्याउँदै राप्रपाले आवश्यक प्रक्रिया प्रारम्भ गरेको जानकारी समेत बिज्ञेपती मार्फत दिएको छ ।
पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत साउन २० गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपा सरकार निर्माणको कुनै गणितीय चलखेलमा सहभागी नहुने र कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने अधिकार अध्यक्षलाई प्रदान गरिएको र भदौ १ गते पार्टीको बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको क्रममा तटस्थ बस्न दिइएको निर्देशनविपरीत प्रदेश सरकार निर्माणमा संसदीय दलको नेताले समर्थन दिएको भन्दै हस्ताक्षर सार्वजनिक हुनु गम्भीर अनुशासन उल्लंघन हो । पार्टीको अनुशासन समितिले यसबारे आवश्यक प्रक्रिया प्रारम्भ गरिसकेको छ ।’
राप्रपाले बागमती प्रदेश सरकार निर्माणका लागि आफ्ना सांसदको समर्थन रहेको भनी प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा पार्टीको आधिकारिक समर्थन नरहेको पनि प्रष्ट पारेको छ । उक्त पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई पत्राचारसमेत गरिसकेको श्रेष्ठले जानकारी दिनु भएको छ ।