सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १का सघीय सासद भरत पराजुलीले जननिर्बाचित पदाधिकारीहरु सबैको साझा हुन पर्ने र आफु पनी सबैको साझा भएको बताउँनु भएको छ।
जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकले आयोजना गरेको वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रमको उद्धघाटन गर्दै पराजुलीले म क्षेत्र नं १बाट निर्बाचित सासद भएता पनी सिन्धुपाल्चोकको दुबै निर्बाचन क्षेत्रमा परेका समस्याहरु समधान गर्न हातमा हात मिलाएर अगाडी बढ्ने छु भन्नु भयो । उँहाले बिकासका कार्यक्रमहरु सञ्चालन गर्दा सके सम्म दोहोरो नहोस सघं,प्रदेस र स्थानीय सरकारले यस तर्फ ध्यान जान पर्छ भन्नु भयो ।
उहाँले बशिेष गरि स्थानीय सरकारले यस तर्फ ध्यान दिनु जरुरी रहेको समेत बताउँनु भयो । आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम चौतारा स्थित जिल्ला समन्वय समिति (जिसस) सभाहलमा भएको कार्यक्रममा उँहाले तिन तहका सरकार को साझा उद्धेश्य एउटै देस र जनातको बिकास गर्नु होे भन्नु भयो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा उँहाले सिन्धु्पाल्चोक जिल्ला हरेक हिसावले प्रकृतीक श्रोत र साधनले भरिपुर्ण जिल्ला हो यस जिल्लामा रहेको श्रोत र साधनलाइ प्रयोग गरेर अगाडी बढ्न आबश्यक छ भन्नु भयो । पराजुलीले यस जिल्लामा मात्रै आठशय वाट भन्दाबढी बिजूुली उत्पादन गर्न सक्छौ भन्नु भयो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरूले आर्थिक वर्षभरि सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनको प्रगति प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि तथा सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागी पालिकाहरूले आर्थिक वर्ष २०८२÷०८३ मा आफूहरूले सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए। पालिकाहरूले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक विकास, सुशासन, सेवा प्रवाहलगायतका क्षेत्रमा भएका काम तथा उपलब्धिबारे जानकारी गराएका थिए। 
वार्षिक समीक्षा कार्यक्रममा पालिकाहरूले वर्षभरि गरेका कामको उपलब्धि, लक्ष्यअनुसार भएको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा समेत छलफल गरिएको थियो। स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो पालिकामा प्रभावकारी रूपमा कार्यान्वयन भएका कार्यक्रम तथा असल अभ्यासहरू प्रस्तुत गर्दै त्यसबाट प्राप्त अनुभव अन्य पालिकासँग आदानप्रदान गरेका थिए।
कार्यक्रममा स्थानीय तहले विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न, नागरिकलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन तथा योजनाको गुणस्तर कायम गर्न आवश्यक रहेकोमा जोड दिइएको थियो। त्यस्तै, स्थानीय तहबीच समन्वय र सहकार्य बढाउँदै उपलब्ध स्रोत–साधनको अधिकतम सदुपयोग गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
जिल्ला समन्वय समितिले स्थानीय तहहरूबाट भएका कामको समीक्षा गर्नुका साथै पालिकाबीच अनुभव आदानप्रदान र असल अभ्यासको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। वार्षिक समीक्षा कार्यक्रमले पालिकाहरूको कार्यसम्पादनको अवस्था पहिचान गर्न, कमीकमजोरी सुधार गर्न तथा आगामी आर्थिक वर्षका योजना र कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको थियो। उहाँहरूले स्थानीय तहले गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै समस्या र चुनौतीको सामूहिक रूपमा समाधान खोज्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममार्फत पालिकाहरूले आफ्ना उपलब्धि र चुनौती सार्वजनिक रूपमा प्रस्तुत गर्नुका साथै जिल्लास्तरमा स्थानीय तहबीच समन्वय, सहकार्य र सिकाइ आदान प्रदान गर्ने अवसरसमेत प्राप्त गरेका छन्। वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रमले आगामी दिनमा स्थानीय तहको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
