सगुन बस्नेत , सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १) सदस्य माननीय भरतप्रसाद पराजुलीले पत्रकारहरुको दुख सुखमा सहकार्य र पेशागत क्षमता अभिबृद्धीका लागी सहयोगी बन्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
उँहाले नेपाल पत्रकार महासंघ, जिल्ला शाखा
सिन्धुपाल्चोकको कार्यालय भवन अनुगमनका क्रममा यस्तो प्रतिबद्धता जनाउँनु भएको हो । कार्यालय भवनको अवलोकन गर्दै उहाँले यहाँका सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धिमा सघाउने प्रतिवद्धता जनाउनु भएको नेपाल पत्रकार महासघं जिल्ला शाखा सिन्धुपाल्चोकका अधयक्ष ध्रुब दङ्गालले जानकारी दिनु भयो । यसै बिच यस अघी जिल्ला सम्मन्वय समितीका प्रमुख तथा पदाधिकारीहरु सँग जिल्लाको बिकासका बारेमा छलफल समेत गर्नु भएको छ । जिल्लाको आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनालाई अघि बढाउने तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास निर्माणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच निरन्तर समन्वय गर्ने विषयमा आफु अग्रसर रहेको बताउँदेै पराजुलीले जिल्लाको समग्र विकास, पूर्वाधार निर्माण तथा स्थानीय तहबीचको समन्वयका विषयमा आफ्नो तर्फबाट गर्न पर्ने सहयोग गरिरहने बताउानु भयो र सो अबशरमा जिसस प्रमुख बालकृष्ण श्रेष्ठले जिल्ला समन्वय समितिले जिल्लाभित्रका स्थानीय तहबीच समन्वय गर्नुका साथै विकास निर्माणका कार्यमा सन्तुलन कायम गर्न अनुगमन तथा समन्वय गर्ने संवैधानिक भूमिका निर्वाह गर्दै आएको बताउँनु भयो ।
भेटघाटमा जिससका पदाधिकारीहरु इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।
