सम्पर्क

Month: २०८२ पुष २० आईतवार

ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
दिपक विक्रम देउजा / हेलम्बु गाउँपालिका ४, ग्याल्थुम स्थित श्री सरस्वती  विद्यालयको ६३ औ वार्षिकोत्सव तथा ३२ औ अभिभावक भेला सम्पन्न भएको छ । बागमती प्रदेशका सरकारका खानेपानी ,सिंचाइ तथा उर्जा मन्त्री प्रदेस माननीय कृष्णकुमार तामाङ (समीर) प्रमुख आतिथ्यता र हेलम्बु गाउँपलिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सिन्धुपाल्चोक जिल्लाकै पुराना विद्यालय मध्येको एक मानिने उक्त विद्यालय २०७८ असार १ पछि आएको बाढीका कारण उच्च जोखिममा समेत रहेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी तामाङले बाढीका कारण जोखिममा रहेको मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिहरुको संरक्षण र पुनःनिर्माणको लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गरी नेतृत्वदायी भूमिकामा आफू क्रियाशिल रहेको बताउनुभयो । मेलम्ची पुननिर्माण राज्यको दायित्वभित्र रहेकोले सबै तहका सरकार आफ्नो जिम...
चौतारा बहुमुखी क्याम्पसमा आन्तरिक छात्र÷छात्रा ब्याड्मिन्टन प्रतियोगिता २०८२ सम्पन्न

चौतारा बहुमुखी क्याम्पसमा आन्तरिक छात्र÷छात्रा ब्याड्मिन्टन प्रतियोगिता २०८२ सम्पन्न

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
चौतारा — सिुन्धुपाल्चोक जिल्लाको चौतारा बहुमुखी क्याम्पसले “आन्तरिक छात्र÷छात्रा ब्याड्मिन्टन प्रतियोगिता २०८२” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।क्याम्पसको वार्षिक पात्रो अनुसार पौष १८ र २० गते आयोजना गरिएको विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने र अनुशासन, सहकार्य तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रशासनले जनाएको छ।प्रतियोगितामा क्याम्पसमा अध्ययनरत छात्र तथा छात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न चरणका खेलहरू प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए। खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेलकुद कौशल, धैर्यता र खेल भावना प्रस्तुत गरेका थिए।छात्र तर्फको प्रतिस्पर्धामा मन्जित तामाङ ले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर...

ज्ञान मन्दिर नमुना मा. बि.को भुतपुर्व विद्यार्थी समाजको अध्यक्षमा मा जनकराज गिरी,

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी वडा नं ७मा रहेको श्री ज्ञान मन्दिर नमुना मा. बि. मेलचौरको भुतपुर्व विद्यार्थी हरुको समाज ले आफ्नो एघारौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । बागमति प्रदेशका पुर्व सामाजिक तथा भौतिक पुर्वाधार विकास मन्त्री माननीय युवराज दुलालको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकका तथा श्री ज्ञान मन्दिर नमुना मा. बि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण दंगालको विशेष आतिथ्यतामा सम्पन्न अत्रिबेशन सम्पन्न भएको रेडीयो सुनकोशीका यज्ञ दङ्गालले जानकारी दिनु भएको छ। उँहाका अनुसार अधिवेशनवाट अध्यक्षमा जनकराज गिरी, उपाध्यक्षमा खिल बहादुर दंगाल, सचिवमा यमराज विक, सहसचिवमा सावित्री दंगाल, कोषाध्यक्षमा सावित्री कार्की दंगालर र सदस्यहरुमा क्रमस ओमकुमार श्रेष्ठ, सुनिल तमाङ्ग, अमृत श्रेष्ठ, रञ्जु श्रेष्ठ, प्रविन दंगाल, सरिता गजु...
मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
मित्रता संघले आफ्नो १०औं अधिवेशन एवम् १५औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ जितपुरमा रहेको गोल्मादेवी माद्यमिक विद्यालयमा भएको संघको अधिवेशनबाट पुनः मंगले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्य समितीको सर्वसम्मत् गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको सभाले कार्यसमितीको उपाध्यक्षमा रामबहादुर तामाङ, सचिवमा रिता लो तामाङ र कोषाध्यक्षमा ज्ञानीमाया तामाङ निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा हरि भारती, लोपन लामा, लालकाजी तामाङ, अस्मिता मोक्तान, प्रेमबहादुर तामाङ, अष्टबहादुर र राममाया तामाङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा, स्वास्थ्य र आपतकालिन उद्दारको काम गर्दै आएको मित्रता संघले हाल ३५ जना गरीब, असाहय बालबालिकालाई आवा...

ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको ७औँ वार्षिक साधारण सभा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिुन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १३ मा रहेको ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। चौतारा साँगाचोकगढि नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा न १३ का वडाअध्यक्ष श्री रामप्रसाद गौतमको प्रमु अतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशनबाट श्री कुल प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ भने श्री दिपेन्द्र चौलागाईंको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन गरिएको छ।साधारणसभाले संस्थाका विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्नुका साथै आ.ब. ०८१÷८२ का लागि १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत पारित गरेको छ। कार्यक्रममा प्रमुख अतिथि राम प्रसाद गौतमले सहकारीताका माध्यमबाट गरिउका हरेक कामहरु पारदर्सीता हुनका लागी सहकारी ऐन बिनीयम र सहकारी सिद्...

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

ब्रेकिङ न्युज २, समाचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गर्नुभएको हो । “जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरु बढ्ने गरेका छन,,” उहाँले भन्नुभयो ।उहाँले चिसोका कारण देखिने समस्या रहिरहे वा बढेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिनसमेत अनुर...

गोल्मादेवी माविमा स्वास्थ्य अभिमुखीकरण किशोरीमैत्री सचेतना कार्यक्रमसम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
 फस्ट स्टेप्स नेपालद्वारा सिन्धुपाल्चोक जिल्लाको चौतारा साङ्गाचोकगढी नगरपालिका वडा नं. ९ जितपुरस्थित श्री गोल्मादेवी माध्यमिक विद्यालयमा महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। किशोरीहरूको स्वास्थ्य, स्वच्छता तथा अधिकारका विषयमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम मिति २०८२ साल पौष १८ गते शुक्रबार विद्यालय परिसरमा सम्पन्न भएको हो। कार्यक्रममा फस्ट स्टेप्स नेपालकी मेनेजर श्री रन्जना गिरी तथा संस्थाकी कर्मचारी श्रीमती संगीता गिरीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विद्यालयमा अध्ययनरत किशोरी छात्राहरू, शिक्षक–शिक्षिका तथा विद्यालय प्रशासनको सक्रिय सहभागिता रहेको थियो। महिनावारी : स्वाभाविक प्रक्रिया, सामाजिक चुप्पीको अन्त्य आवश्यक कार्यक्रममा बोल्दै फस्ट स्टेप्स नेपालकी मेनेजर रन्जना गिरीले महिनावारी महिलाको जीवनचक्रसँग जोडिएको स...

श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ को ६५ औं बार्षीक उत्सब सम्पन्न

खेलकुद, जिबनशैली, बिजनेस, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं बार्षीक उत्सब तथा २७ औं अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)ले विद्यालयको विकासको लागी सधैं आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले विद्यालको समस्या समाधानका लागी आफु निरन्तर लागिरहेको भन्दै आफु बोल्ने भन्दा पनि काम गरेर देखाउने ब्यक्ति भएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले बिद्यालय शिक्षामा लगानी गर्नका लागी आफुले खबरदारी गरिरहेको बताउनुभयो । मंचमा आउने बोल्ने र कामको नाममा सिन्को नभाच्नेहरुले विद्यालय शिक्षामा लगानी नगरेको बताउनुभयो । खानेपानी,शिक्षा,स्वास्थ्य,सडकको अवस्था हेलिकप्टरमा हिड्नेलाई थाहा नहुने भन्दै आफु सरकारमा नभएका कारण सिन्धुबासीको पिडा बागमती प्रदेश सरकार सम्म पुग्न नसकेको बताउनुभयो । यो देशको ...

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले निर्वाचन निष्पक्ष र धाँधलीरहित ढङ्गबाट हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ । पछिल्लो आधार समानुपातिकको बन्द सूचीमा ६४ वटाभन्दा बढी दलहरुले बन्द सूची बुझाइसकेका छन् ।” १० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भइसकेको अवस्था रहेको भन्दै उहाँले सुरक्षा निकायमा नयाँ नेतृत्व आइसकेर प्रहरीको मनोबल उच्च भएको बताउनुभयो । सरकारले निर्वाचनका लागि जनशक्तिसहित पर्याप्त बजेट छुट्याई सकेको उहाँको भनाइ थियो । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टीका झन्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागिस...

जिल्ला अदालत सिन्धुपाल्चोक बाट चौसागढी नगरपालिकामा अनुगमन

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला अदालतबाट चौतारा साँगाचोकगढी नगरपालिकाका काम कार्यहरुका बारेमा अनुगमन गर्नुका साथै नगरपालिकाको न्यायिक कार्य सम्पादन सम्बन्धमा अवलोकन गरेको छ । सो क्रममा जिल्ला न्यायाधीश रीता कुमारी बख्रेलले नागरिकको प्रत्यक्ष सरोकार राख्ने स्थनीय सरकारको कुनै पनी काममा ढिला सुस्ती हुन नहुने बताउँनु भयो ।  उँहाले स्थानीय तहमा प्रदान हुने न्यायिक सेवाको पारदर्शिता, समयमै निर्णय कार्यान्वयन र मेलमिलाप प्रक्रियालाई थप सुदृढ बनाउने तर्फ आवश्यक सुझावहरू दिनु भएको छ ।नगर उप प्रमुख सिता थापाले संघियता पश्चात स्थानिय सरकारलाई दिएको न्यायिक समितिको काम कर्तव्य र अधिकारको सवालमा हाम्रो लागि सहकार्य र समन्वय आवश्यक र प्रभावकारी बनाउनु आवश्यक भएको र यो आबश्यकता पुरा गर्न जिल्ला अदालत लागी परेको आफुले पाएको बताउँनु भयो । नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक थापाले नागरिकमैत्री, पहुँचयोग्य छिटो छरि...