सिन्धुपाल्चोक जिल्ला अदालतबाट चौतारा साँगाचोकगढी नगरपालिकाका काम कार्यहरुका बारेमा अनुगमन गर्नुका साथै नगरपालिकाको न्यायिक कार्य सम्पादन सम्बन्धमा अवलोकन गरेको छ ।
सो क्रममा जिल्ला न्यायाधीश रीता कुमारी बख्रेलले नागरिकको प्रत्यक्ष सरोकार राख्ने स्थनीय सरकारको कुनै पनी काममा ढिला सुस्ती हुन नहुने बताउँनु भयो ।
उँहाले स्थानीय तहमा प्रदान हुने न्यायिक सेवाको पारदर्शिता, समयमै निर्णय कार्यान्वयन र मेलमिलाप प्रक्रियालाई थप सुदृढ बनाउने तर्फ आवश्यक सुझावहरू दिनु भएको छ ।नगर उप प्रमुख सिता थापाले संघियता पश्चात स्थानिय सरकारलाई दिएको न्यायिक समितिको काम कर्तव्य र अधिकारको सवालमा हाम्रो लागि सहकार्य र समन्वय आवश्यक र प्रभावकारी बनाउनु आवश्यक भएको र यो आबश्यकता पुरा गर्न जिल्ला अदालत लागी परेको आफुले पाएको बताउँनु भयो । नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक थापाले नागरिकमैत्री, पहुँचयोग्य छिटो छरितो न्यायिक सेवा प्रदान गर्न निरन्तर प्रयास गर्दै आएका बताउँनु हुँदै यसरी हुने जिल्ला अदालतको अनुगमनले सुधारका आवश्यक क्षेत्रहरू पहिचान गर्न र कार्यसम्पादन अझ प्रभावकारी बनाउन सहयोग पु¥याउने बताउँनु भयो । अदालतको अनुगमन टोलीले चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालन भइरहेका न्यायिक कार्यहरूको अनुगमन तथा निरीक्षण गरेको हो। अनुगमनका क्रममा नगरपालिकाको न्यायिक समितिबाट दर्ता भएका उजुरी, मेलमिलाप तथा मिलापत्र प्रक्रिया, निर्णय कार्यान्वयन, अभिलेख व्यवस्थापन र सेवा प्रवाहको अवस्थाका बारेमा बिहीबार माननीय जिल्ला न्यायधिस रीता कुमारी बख्रेल, अधिकृत सुभाष दाहाल लगाएतको टोलीले अवलोकन गरेको थियो ।
सो अबशरमा बिहीबार मात्रै कार्यभार सम्हाल्नु भएका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम धिमीरे न्यायीक शाखाका दुर्गा ढुङ्गेल लगाएतका कर्मचारीहरुले माननीय न्यायधिस लगाएतका टोलीहरुलाइ स्वागत समेत गर्नु भएको थियो ।
