सम्पर्क

Month: २०८२ भाद्र २७ शुक्रबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण आजै हुने

ब्रेकिङ न्युज १, समाचार
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राजनीतिक सहमति जुटेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभयो । नेपाली राजनीतिक इतिहासमा उहाँ पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ ।...

बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको अपिल ।

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, समाचार
रामु गैर जेन जी पुस्ताले २०८२ भाद्र २३ गते सुरु गरेको शान्ति पूर्ण प्रदर्शन र त्यस पछिका विकसित घटनाक्रम प्रति सिजपको गम्भीर ध्यानाकर्षण भएको छ ।भ्रष्टाचार, बेथितिका विरुद्ध भएको आन्दोलनमा बालबालिका र युवा गरी ५१ जनाले ज्यान गुमाईसकेका छन् । जसमध्ये १८ वर्ष भन्दा कम उमेरका ४ जना बालबालिकाको समेत मृत्यु भएको कुरा आधिकारिक रुपमा पुष्टि भएको छ, भने १००० भन्दा बढि घाइते छन् । मृतक बालबालिका तथा युवाप्रति भावपूर्ण श्रदाञ्जली र यस दुखद घडीमा परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क र प्रभावकारी उपचारको लागि सरकारसँग जोडदार माग गर्दछौँ ।प्रहरी दमन र मानव अधिकारको चरम उल्लंघन प्रदर्शनमा मानवीय क्षति त्यसपछिको परिस्थितिमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सरकारी तथा निजी घर उद्योग, समाचार गृह, संघसंस्थाका कार्यालय, विद्या...

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

ब्रेकिङ न्युज १, समाचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ । निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ । त्यसैगरी अहिले ३२१ जना घाइतेक...

संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान स्वीकार्दैनौं, विरोध गर्छौं– नेपाल बार

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।बिहीबार अहिलेको घटनाक्रमबारे बसेको भर्चुअल बैठकपछि सार्वजनिक अपिल जारी गर्दै नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताको कायम राख्न अपिल गरेको हो। अपिलमा ‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ। यसो नगर्न हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ, ‘अन्तमा, हालको संकटको निकास संवैधानिक मान्यता भित्र खोज्न जेन–जी लगायत सम्पूर्ण जनसमुदायमा नेपाल बार एसोसिएसन हार्दिक अपिल गर्दछौँ। यस्तै, संवैधानिक उपलब्धिहरूको सम्झौता नगर्न र राष्ट्रपतिको भूमिका यो बेलामा अहम् हुने बताउँदै सक्रियताको अपेक्षा रहेको बारले जनाएको छ। ‘देश जोगाऔं, संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गरौं, नेपाली भूमिमा नेपाली जनताको ढु...

संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली काँग्रेस सँग आबद्ध तरुण युवा, विद्यार्थीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न र संविधानको रक्षाका लागि भन्दै काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रदर्शन शुरु गरेका छन् । तरुण, युवा र विद्यार्थीले बिहीबार बिहानै काकाठमाडौं चाहबेल लगाएतका क्षेत्रहरुमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले संविधानको रक्षा र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरेका बताएका छन ।नेविसंघका नेता मनीषजंग थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक शून्यताले हजारौं नेपाली जनताको बलिदानीबाट प्राप्त लोकतान्त्रिक व्यवस्था र संविधान आज संकटमा परेको महसुस भइरहेको बताउँनु भएको छ । युवा नेता रामकुमार थापाका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गर्दै चाबहिलमा दबाबपूर्ण कार्यक्रम गरेको छ । सिन्धुपाल्चोक ,काभ्रे ,दोलखाका युवाहरुले सयुक्त रुपमा दबाब दिन भेला भएका थिए...

सरकार बनाउने पहल राष्ट्रपति बाटै हुनु पर्छ ः पत्रकार महासंघ

Uncategorized, अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
नेपाल पत्रकार महासघले राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसावले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपति बाटै हुनु पर्छ भनेको छ । यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल पापड तयार रहेको समेत महासघंले जनाएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आज एक बिञेप्ती प्रकाशन गरी यस्तो जनाउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमा नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणको लागि निरन्तर वकालत गर्दै आएको छ । अहिले जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको छ । सरकारले राजीनामा दिएको र अर्को सरकार नबनिसकेकोले मुलुक संक्रमणकालिन अवस्थामा छ । यसलाई जति सक्दो छिटो सुरक्षित अवतरण गरिनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण र सुशासनक...

गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २६ भदौः बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेनजी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ । आन्दोलनले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्ने काम गर्न आग्रह गरेको छ ।“संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पूरा गरोस्”, आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलनले नागरिकको सङ्घर्षको बलमा स्थापित गणतन्त्र र धर्मनिरपेक्षतालाई थप बलियो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याएको छ । अब बन्ने नागरिक सरकारलाई वर्तमान संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कता साथ अघि बढ्न खबरदारी गर्नुपर्ने उल्लेख गर्दै आन...

सफलताको कथा -सघंर्षसिल सफल युवा हिरा खड्का

अन्तर्वाता, जिबनशैली, विचार, विचित्र संसार, समाचार, साहित्य
प्रिती बिक ःसिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा न ४ ओखरिनी मा पिता देबिन्द्र बाहदुर खडका माता कृष्ण माया खडकाको कोषबाट २०३९पुस २७ गते जन्मनु भएको हिरा ्खड्का नाम जस्तै काममा पनी हिरा हुनु भएको छ । गाउकै क्षेमा देबि माध्यमिक बिद्यालयमा कक्षा १देखी –ए स एल सि सम्मा अध्यन गर्नु भएका खड्काको बोली ले सबैलाइ मोहनी नै लगाइदिन्छ । मिठो स्वर नम्र बोली साना ठुला सबैलाइ सम्मान पुर्बक कुरा गर्न सक्ने हिरा को अहीलेको पेसा भनेको बाह्र्बिसेमा लेखापढी हो । उाहाले डिप्रोक्स नेपाल नामक गैर सरकारी सस्थामा सहजकर्ता पदमा रहि बालबालिका तथा महिलाको क्षेत्रमा जागिरी जिवन सुरु गरि तत्कालिन श्री सारदा उच्च मा बि बाह्रबिसेमा कक्षा ११÷१२ को अध्यन गरि अध्यन सम्पन्न गर्नु भएको थियो । उँहाले डिपोक्र्स नेपालमा पनि काम गरिरहनु भएको थियो।गैर सरकारी सस्थामा आबद्ध रहदै काठमाडौंको त्रि चन्द्र कलेज बाट स्नातक उतीर्ण ग...

बाह्रबिसे बजार सुनसान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सुमित्रा बस्याल , सधै धेरै चहलपहल हुने सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजार बिगत केही दिन देखी सुनसान भएको छ । बिगत ३ दिन अघि देखि नेपालमा सुरु भएको जिन– जि आन्दोलनको कारण देसै भरी कफ्र्यु , निषेधाज्ञा रहेको छ भने सिन्धुपाल्चोकमा पनी हिजो कफ्र्यु थियो भने आज निषेधाज्ञा छ । कफ्र्यु कम घरबाट बाहीर निस्कन बन्देज लगाइएको थियो भने निषेधाज्ञामा ५ या ५जना चन्दा बढी हुल बाधेर हिड्न, सभा जुलुस गर्न पाइदैन , जिल्ल प्रशासन कार्यलयबाट जारी सुचना अनुसार आज जिल्ला भर निषेधाज्ञा छ । यसै क्रममा बाह्रबिसेमा पनि३ दिन अघि देखिनै प्रदर्सन सुरु भएको थियोे।त्यो प्रदर्सन बाट सार्बजनिक सम्पती लगायत निजि सम्पतीहरुको क्षेती हुन नदीन सुरक्षा को लागि नेपाली सेना परिचालन भएको थियोे। औषधि उपचार गर्न जान हिड्न सक्ने बिरामी एक जनालाइ मात्र जानदिएको छ भने पर्यटक बोकेका बसहरु पनि बाह्रबिसेमा रोकिएको अबस्था छ। साना दुई पा...

– देशको आँसु कसले पुछ्ने ?

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य
रमेश कुमार बोहोरा देश नयाँ युगमा प्रवेश गर्ने क्रममा संक्रमणकालको उत्कर्षमा रहेको छ । आन्दोलनकारी जेनजी भावी नेतृत्व चयनको बहसमा केन्द्रित छ, नेपाली सेना जनताको सुरक्षामा खटिएको छ । तर, यो अत्यन्त तरल अवस्थामा सरकारविहीनता लम्बिनु घातक छ । अहिलेको समय भावना, आक्रोश आवेग मात्र नभई लोकतान्त्रिक पद्धतिको समेत ख्याल गर्नुपर्नेछ । आन्दोलनको बलमा जे गरे पनि हुन्छ भन्ने गलत अभ्यासले कालान्तरमा देशलाई नै घाटा हुन्छ । अहिले मुलुक रोइरहेको छ, नेपाल आमाको आँखाबाट बगिरहेको आँसु पुछ्ने सवाल केवल आन्दोलनको म्याण्डेट मात्र होइन, संवैधानिक, कानुनी हुँदै सामाजिक देशको ऐतिहासिक पक्षसंग पनि जोडिएको छ । छोटो समयको आन्दोेलनले जे गर्यो त्यो ऐतिहासिक छ, आन्दोलनका नाममा जेजस्तो प्रहार राष्ट्रको धरोहरहरुमा भयो त्यो पनि ऐतिहासिक नै । अब यिनको पुनःनिर्माण ठूलो प्रश्नको रूपमा खडा भएको छ । मेटिएका, जलेर खरानी भएका...