पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राजनीतिक सहमति जुटेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभयो । नेपाली राजनीतिक इतिहासमा उहाँ पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ ।
