सम्पर्क

Month: २०८२ आश्विन १४ मंगलवार

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाडौँ, १४ असोज : हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी...

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १३ असोजः राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती ...

आज घर घरमा फूलपाती भित्र्याइँदै

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ असोज : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी...

वडा स्तरिय अध्यक्षकप पुरुष भलिबलको उपाधि भुमेस्थान आधारभुतलाई

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
दोस्रो मेलम्ची -१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि भुमेस्थान आधारभुत विद्यालयले जितेको छ ।सितलादेवी माबिमा आज सम्पन्न फाइनलमा काफ्लेखोला युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै भुमेस्थानले लगातार दोस्रो बर्ष पनि उपाधि जितेको हो । प्रतियोगितामा वडाका ७ टिम सहभागी रहेका थिए ।बिजेतालाई मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष अमृत खनाल लगायतले पुरस्कार प्रदान गर्नुभयो ।कलाकारहरु प्रतिमा अर्याल, प्रदिप रोक्का, निमेश दाहाल लगायतको प्रस्तुति समेत रहने कार्यक्रम संयोजक प्रल्हाद ढुंगेलले जानकारी दिनुभयो ।पहिलोले २५ दोस्रोले २० र तेस्रो नबज्योतिले १५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।...

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १२ असोजः गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको उल्लेख छ । आयोगले भनेको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु...

दुर्घटनाका घाइतेलाइ निशुल्क उपचार गर्न नगर प्रमुख आइतमानद्धारा निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकामा सवारी दुर्घटना भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोकको हेलम्बु–३ पाल्चोकतर्फ गइरहेको यात्रुबाहक बस (बा ३ ख ९३०८)आइतबार बिहान मेलमच् नगर पालिकाको १३ नं वडा कार्यलय नजीकै फटकसिलामा दुर्घटना परेको हो । दुघृटना भएको जानकारी पाउँने बित्तीक्कै मेलम्ची नगर प्रमुख आइतमान तामाङले गहिरो चासो व्यक्त गर्नुभएको छ।दुर्घटनापछि घाइते यात्रुहरूको स्वास्थ्य अवस्था बुझ्न स्वयं अस्पतालमा पुग्नुभएका प्रमुख तामाङले सबै घाइतेलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै सान्त्वना प्रदान गर्नु भएको छ। उहाँले घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनी मेलम्ची नगर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन समेत दिनुभएको नगर प्रमुख सचिवालयका मानकाजी पाख्रनि ले जानकारी दिनु भयो । नगर प्रमुख तामाङले दुर्घटनामा परेका नागरिक प्रति सहानुभूति प्रकट गर्दै यस्ता घटनाबाट भविष्यमा ...

जेनजी प्रदर्शनमा गोली हान्ने प्रहरी हो की अरु कोही ? छानबिन गर्नैपर्छ ः मोहन बस्नेत

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा चलाइएको गोली नेपाल प्रहरीको होकी अरु कसैको हो भन्ने कुराको तत्काल छानबिन गर्न सरकारसँग माग गर्नु भएको छ । उहाँले जेनजी आन्दोलनमा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न पर्ने समेत बताउँनु भयो । नेपाली काँग्रेस कांग्रेस सिन्धुपाल्चोक जिल्ला १ नम्बर क्षेत्रिय कार्यसमितिले शनिबार बाह्रबिसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बेल्दै यस्तो बताउँनु भएको हो । बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभएर अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताउँनु भयो । ‘नेपाल प्रहरीको बन्दुकको गोलीले मात्रै बच्चा मरेका छन् कि बाहिरबाट आएका बन्दुकको गोलीबाट पनि बच्चा मरेका छन् भन्ने यो सरकारले छानबिन गर्नुपर्छ । उचित ढंगले सजाय दिन सक्नुपर्छ,’...

दसैँको मौसम – अष्टमी, नवमीभन्दा टिकाको दिन धेरै ठाउँमा वर्षा हुने

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं – यस वर्षको दसैँमा वर्षा हुने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले दसैँ मौसम बुलेटिन जारी गर्दै अष्टमी, नवमीभन्दा दशमीमा धरै ठाउँमा पानी पर्ने जनाएको हो । महाशाखाका मौसमविद् रोजन लामिछानेले लगातार झरी नरहे पनि वेलावेला पानी पर्ने बताए । ‘झरी नै त छैन, तर पश्चिमभन्दा पूर्वी र मध्य नेपालका धेरै ठाउँमा वर्षा हुने देखिन्छ,’ मौसमविद् लामिछानेले भने, ‘दसैँका वेला यात्रा गर्दा हरेक दिनको मौसमको पूर्वानुमान हेरेर सडकको अवस्था बुझ्दा राम्रो हुन्छ ।’ महाशाखाका अनुसार १४ असोज अर्थात् अष्टमीका दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशीका पहाडी र तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । नवमीमा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । दशमी अर्थात् १६ असोजमा भने मनसुन केही सक्रिय हुने देखिन्छ । यो दिन बागमती...

श्री बालसुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको शुभकामना आदानप्रदान तथा सदस्यता वितरण कार्यक्रम

#, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
देबराज सुबेदी     विजया दशमी २०८२ को पावन अवसरमा श्री बालसुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सदस्यता वितरण कार्यक्रम काठमाडौंको शिवचोकस्थित होटल एस एन जि मा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि डा. कृष्ण सुवेदी तथा विशेष अतिथि मेलम्ची नगरपालिका–७ का वडा अध्यक्ष पासाङ तामाङ रहनुभएको थियो। लोकप्रिय गायिका सुशीला बन्जाडेको मनमोहक प्रस्तुति सहित कार्यक्रम उत्साहपूर्ण बनेको थियो। कार्यक्रममा बुद्धिजीवी, पूर्व विद्यार्थी तथा समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यव्यस्तता हुँदाहुँदै पनि उपस्थित हुने सबै अतिथिलाई संस्थाका सचिव नवीन श्रेष्ठले स्वागत मन्तव्यसहित धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व विद्यार्थी एवम् युवा व्यवसायी समाजसेवी दिनेश गिरीले संस्थाका कार्यक्रम गुणात्मक र उपलब्धिमू...

नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, १० असोजः नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो । व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमु...