सम्पर्क

Month: २०८२ श्रावण ७ मंगलवार

सिन्धुपाल्चोकका एसइइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई शिक्षक संगठनद्वारा सम्मान

सिन्धुपाल्चोकका एसइइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई शिक्षक संगठनद्वारा सम्मान

ब्रेकिङ न्युज २, समाचार
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सिन्धुपाल्चोकले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ । मंगलबार जिल्लाका सबै १२ स्थानीय तहबाट सामुदायिक विद्यालयतर्फ पालिकागत रूपमा उत्कृष्ट तथा संस्थागत विद्यालयतर्फ जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको हो । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा चौतारा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा संगठनका बागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, संगठनकी राष्ट्रिय समिति सदस्य मैयाँ पौडेल, बुद्धिजीवी परिषद्का अध्यक्ष राधाकृष्ण श्रेष्ठलगायत शिक्षक महासंघका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका १२ वटै पा...
सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने सचिव बैठकका निर्णय

सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने सचिव बैठकका निर्णय

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ६ साउनः सङ्घीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनेलगायत १४ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । सुशासन, विपद् व्यवस्थापन, सूचना प्रविधि र कानुनी सुधारका विविध पक्ष समेटेर १४ बुँदे निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकमा हालै लागू गरिएको एकीकृत क्याबिनेट सफ्टवेयरबारे जानकारी दिइएको थियो । यस्तै, सरकारका प्रमुख संरचनात्मक सुधार र कार्यसम्पादन मापदण्डलाई कार्यान्वयन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । बैठकले मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समितिलगायत निकायका सवारीसाधन र प्रयोगकर्ताको विवरण तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, “यदि कुनै पदाधिकारी र कर्मचारीले प्रचलित मापदण्डविपरीत...
ठकुरी सहयोग सञ्जाल कतारले ११औँ वार्षिकोत्सव मनाउँदै

ठकुरी सहयोग सञ्जाल कतारले ११औँ वार्षिकोत्सव मनाउँदै

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार,लोकप्रिय समाचार दैनिक, कतार ठकुरी सहयोग सञ्जाल कतारले वार्षिकोत्सव मनाउने भएको छ । समाजले आगामी शुक्रवार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक कार्यक्रमको साथमा ११औँ वार्षिकोत्सव २०२५ भव्य रूपमा मनाउन लागेको हो । समाजका अध्यक्ष खगेन्द्र शाही ठकुरीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको दिनु भयो । कार्यक्रममा स्थानीय कलाकारहरूको समेत साङ्गीतिक प्रस्तुतिसँगै साथमा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने समाजले जनाएको छ । मध्यान्ह १२ बजे देखी कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्था, समाजसेवी बुद्धिजीवी, कलाकार तथा पत्रकारहरूलाई निमन्त्रणा सहित कार्यक्रममा उपस्थित भएर भव्य रूपमा सफल बनाइदिन ठकुरी सहयोग सञ्जाल कतारले अनुरोध समेत गरेको छ । “सभ्य भाषा सभ्य संस्कृति हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिक...
प्रश्न: अबकाे बाटाे के हुनसक्छ ? उत्तर: कृषि ।

प्रश्न: अबकाे बाटाे के हुनसक्छ ? उत्तर: कृषि ।

कृषि, खेलकुद, जिबनशैली, राजनिती, विचार, समाचार, स्वास्थ्य
आजकाल म सबेरै उठेपछि किसानी नित्यकर्ममा लाग्छु । नित्यकर्म भन्नसाथ मानिसलाई लाग्छ पूजापाठ ।त्यसाे हाेइन । मेराे नित्यकर्म बाख्रा र कुखुराको हेरचाह । किसानी काम गर्दा कुनै याेगध्यान वा शारीरिक कसरत गर्नु नपर्नेरहेछ । काम गर्दा मन शान्त हुने र शारीरिक कसरत पनि पुग्ने मेराे अनुभव छ । कामपछि थकान मेट्न म पिँढीकाे सानाे तर टेढाे बेन्चमा बस्छु । त्यतिबेला सडकमा हिँड्ने काेही न काेही मसँग बाेलिहाल्छन् । नचिन्दा त बाेलिन्छ झन् चिनेका मानिस त बाेल्ने नै भए । खासमा मानिस बाेल्न नै पाे जन्मिएका हुनजस्ताे लाग्छ । काम गर्दा भएका केही मैला पाेशाकतिर हेर्दै साथीहरू भन्ने गर्छन् , तपाईं पढ्न पनि राम्रो थियाे । जनयुद्धमा हिँड्नेले के के गरिसके तपाईंको चाहिँ प्रगति भएन । प्रगति भन्ने शब्दले मेराे दिमागमा थुप्रै प्रश्न जन्मिन्छन् । प्रगति भनेको के हाे ? काम नगरी कुनै स्राेतबाट प्राप्त पैसाले घरगाडी सुनचाँ...
मिडिया काउन्सिलमा राजनीतिक हस्तक्षेप रोक्न सांसदको जोड

मिडिया काउन्सिलमा राजनीतिक हस्तक्षेप रोक्न सांसदको जोड

ब्रेकिङ न्युज १, समाचार
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल हुँदै गर्दा सांसदहरूले काउन्सिललाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रुपमा मुक्त बनाउन जोड दिएका छन् । बैठकमा सांसदहरूले काउन्सिल सरकारको नियन्त्रण र दबाबभन्दा बाहिर रहनुपर्ने धारणा राख्नुभयो । सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई नियन्त्रण नभई नियमनको दायरामा ल्याउनुपर्ने उनीहरूको साझा मत रह्यो । बैठकमा संशोधनकर्ता सांसद मनिष झाले काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका झाले विज्ञसहितको समितिले सिफारिस गरेबमोजिम नियुक्त गर्न उपयुक्त हुने सुझाव दिनुभयो । नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न सङ्घीय संसद्को सभामुखको संयोजकत्वमा सम्बन्धित क्षेत्रको विज्ञ एक जना र नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहेको त...
वैदेशिक राेजगारीमा जाने क्रममा जानकारी नहुँदा मानव बेचविखनकाे घटनाहरु बढ्न थाले

वैदेशिक राेजगारीमा जाने क्रममा जानकारी नहुँदा मानव बेचविखनकाे घटनाहरु बढ्न थाले

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले असंगठित रुपमा वैदेशिक राेजगारीकाे शिलशिलामा जाने क्रममा प्रयाप्त जानकारी नहुँदा मानव बेचविखनकाे घटनाहरु बढ्न थालेकाले यसकाे न्युनिकरणका लागि श्रमिककाे रुपमा विदेश जानेहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएकाे छ । आइतबार मेलम्ची नगरपालिकाकाे समन्वय तथा सुनिता फाउन्डेसनको आयाेजनामा मानव बेचविखनबाट प्रभावित व्यक्तिहरुकाे सशक्तीकरणका लागि साझा प्रयास समन्वय वैठकमा आफ्नाे धारणा राख्दै उहाँले प्रभावितहरुकाे सहयाेगमा नगरले आबश्यक सहयाेग गर्ने बताउनुभयाे । उपप्रमुख उमा प्रधानले थप निति तथा कार्यक्रम बनाउन आवश्यक निर्माण गरिने बताउँदै महिला संगै पुरुषको पनि समस्या हुने भएकाले यस तर्फपनि ध्यान दिनुपर्ने बताउनुभयो । संस्थाका प्रबन्ध निर्देशक स्वस्तिका दनुवारले संस्थाले डोनरले सहयोग गर्दा सम्म मात्र कार्यक्रम सञ्चालन गर्न सक्ने भएकाले स्थानीय ...
असोज२१ गते मनोनयन दर्ता कात्तिक १७ मा निर्बचन

असोज२१ गते मनोनयन दर्ता कात्तिक १७ मा निर्बचन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
निर्बाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा २०८२ साल कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको जाएको छ। अयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्याल ले एक बिज्ञेप्ती प्रकाशित गर्दे यसको जानकारी दिनु भएको हो । उँहाका अनुसार अनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका १७ बजेदेखि १९ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २०८२ असोज २२ गते बिहान १० बजेदेखि दिउँसो १५ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका १७ बजेदेखि १९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामाव...
घर दैलो सेवामा वडा कार्यलय डडुवा भवानी शङ्कर माबीमा स्काउट

घर दैलो सेवामा वडा कार्यलय डडुवा भवानी शङ्कर माबीमा स्काउट

#, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सगुन बस्नेत डडुवा , शिक्षा सिकाइ तथा वडाबासीको सेवा सुबिधामा कुनै कमी हुन नदीने चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष उद्धब नेपालले बताउँनु भएको छ ।   कागेश्वरी मनोहरा स्काउटको संयोजनमा भएको स्काउट प्रशिक्षण कार्यक्रमको समापन गर्दे उँहाले यस्तो बताउँनु भएको हो । कार्यक्रममा वडा अध्यक्ष नेपालले नबजागरण युवाक्लबले यस वडाको पहीचानमा ठुलो योगदान पुर्याएको बताउँदै बिशेष गरी शिक्षा बिकास, बातबरण सम्बन्धी र सरसफाइ सम्बन्धी क्लबले खेलेको भुमिकाको प्रशंसा गर्देै आफ्नो गाँउमा आएर यस्तो कार्यक्रम राखी दिएकोमा आयोजक समुहहरुलाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले कार्यक्रममा वडाबाट दिइने सामाजिक सुरक्षा भत्ता नबीकरणको लागी घरदैलो कार्यक्रम अन्तरगत काठमाण्डौमा समेत सेवा दिन लागिएको बताउँनु भयो । गणेशको भजन बाट बिभिन्न भजन सहीत शुरु भएको कार्यक्रम शारीरिक, मानसिक, सामाजिक, बौद्धिक, भाव...
बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ साउनः स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरुप सतर्कता अपनाउन आग्रह गरेको हो । “इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ,”, इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभागले यही साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ ।” पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायतका नदीमा बाढी आउन सक्ने स...

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
बागमती, ३ साउन : बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने लक्ष्य लिए...