सम्पर्क

घर दैलो सेवामा वडा कार्यलय डडुवा भवानी शङ्कर माबीमा स्काउट

सगुन बस्नेत डडुवा , शिक्षा सिकाइ तथा वडाबासीको सेवा सुबिधामा कुनै कमी हुन नदीने चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष उद्धब नेपालले बताउँनु भएको छ ।

 

कागेश्वरी मनोहरा स्काउटको संयोजनमा भएको स्काउट प्रशिक्षण कार्यक्रमको समापन गर्दे उँहाले यस्तो बताउँनु भएको हो । कार्यक्रममा वडा अध्यक्ष नेपालले नबजागरण युवाक्लबले यस वडाको पहीचानमा ठुलो योगदान पुर्याएको बताउँदै बिशेष गरी शिक्षा बिकास, बातबरण सम्बन्धी र सरसफाइ सम्बन्धी क्लबले खेलेको भुमिकाको प्रशंसा गर्देै आफ्नो गाँउमा आएर यस्तो कार्यक्रम राखी दिएकोमा आयोजक समुहहरुलाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले कार्यक्रममा वडाबाट दिइने सामाजिक सुरक्षा भत्ता नबीकरणको लागी घरदैलो कार्यक्रम अन्तरगत काठमाण्डौमा समेत सेवा दिन लागिएको बताउँनु भयो । गणेशको भजन बाट बिभिन्न भजन सहीत शुरु भएको कार्यक्रम शारीरिक, मानसिक, सामाजिक, बौद्धिक, भावनात्मक तथा आध्यात्मिक विकास –लाई केन्द्रमा राख्दै सञ्चालन गरिएको थियो। कागेश्वरी मनोहरा नगरपालिका को गान्धी आदर्श मावि आनन्द भैरव मावि, नेपाल राष्ट्रिय निर्माण मावि, श्रीयन्त्र एजुकेशन फाउन्डेसन बिद्यालय प्रारम्भ एकेडेमी, हाइएली क्रेटिभ स्कुल र डडुवा भवानी शंकर मावि (सिन्धुपाल्चोक) गरी ७ विद्यालयका १५० जना छात्र छात्राको सहभागी रहेको थियो ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा भवानी शङ्कर माध्यमिक विद्यालयमा भएको तीन दिने स्काउट कार्यक्रम साउन १ गतेदेखि शुरु भइ ३ गते समापन भएको हो । समापन कार्यक्रम कागेश्वरी मनोहरा ओपन स्काउटका रोवर लिडर इन्जिनियर विवेक थापाको सभापतित्वमा र वडा अध्यग उद्धब नेपालको प्रमुख अतिथ्यतामा र नेपाल पत्रकार महासघं जिल्ला शाखा काठमाण्डौका कार्यसमिती सदस्य तथा लोकप्रिय समाचार राष्टिय दैनिकका नेत्र बहादुर बस्नेत , विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद नेपाल नवजागरण युवा क्लबका अध्यक्ष सुजन बस्नेत, पूर्वअध्यक्ष सहदेव बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवनकृष्ण नेपाल लगाएतको अतिथ्यतामा भएको थियो ्।बेष्ट स्काउटर पुरस्कार वितरण, समीक्षा र फ्ल्याग क्लोजिङसहित कार्यक्रम समापन गरिएको कार्यक्रममा बोल्दै बिद्यालयका प्र अ बद्री प्रसाद नेपालले आफ्नो बिद्यालय छनौट गरेकोमा आयोजकलाइ बिशेष धन्यबाद दिनु भयो भने नबजागरण युवाक्लबको तर्फबाट सचिब सरोज बोहोराले स्काउटले शाहसी र हिम्मती बनाउँने भन्दै स्काउटका बारेमा जानकारी गराउँनु भएको थियो । कार्यक्रममा सहभागीहरुलाइ बस्ने व्यवस्था बिद्यालयले गरेको थियो भने खाना खुवाउँने ब्यवस्था नबजागरण युवाक्लबले गरेको थियो ।