निर्बाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा २०८२ साल कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको जाएको छ।
अयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्याल ले एक बिज्ञेप्ती प्रकाशित गर्दे यसको जानकारी दिनु भएको हो । उँहाका अनुसार अनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका १७ बजेदेखि १९ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २०८२ असोज २२ गते बिहान १० बजेदेखि दिउँसो १५ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका १७ बजेदेखि १९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।।असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १३ बजेदेखि १५ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो १५ बजेदेखि १८ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। निर्वाचन कार्यक्रम अनुसार मिति २०८२ कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका १७ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।निर्वाचन कार्यक्रम प्रकाशन सम्बन्धमा (1)प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा समेत उाहाले जानकारी गराउँनु भएको छ ।
