सम्पर्क

Month: २०८२ असार १५ आईतवार

बस्नेतलाइ २५लाख धरौटी,यस्तो छ आदेश  

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ ।बिशेष अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन बस्नेत आइतबार स्वयम अदालतमा उपस्थित भएर बयान दिनु भएको थियो ।न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इलसालले आइतबार बयान लिइसकेपछि बस्नेतलाई धरौटीमा छाड्न भनेको हो ।दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।यस्तो छ आदेश  ...
मनसुनमा सतर्कता अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

मनसुनमा सतर्कता अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो  । शुक्रबार प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी विज्ञप्तीमा यस्तो भनिएको छ, जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष विगत वर्षहरु भन्दा केही बढी बर्षा हुने अनुमान गरिएको छ । त्यसको प्रभाव सिन्धुपाल्चोक जिल्लामा समेत रहने अनुमान गरिएको छ । जिल्लाका भुभागहरु विगतको भुकम्प र त्यसपछीका बाढी तथा पहिरोहरुबाट खुकुलो भएकोले मध्ययम बर्षाले पनि भू–क्षय, बाढी पहिरो तथा ग्रेग्रान बहाबको जोखिम रहने भएकोले जोखिम हुनसक्ने स्थानहरुमा उच्च सतर्कता अपनाउन र पूर्वतयारी सहित आवश्यक क्रियाकलाप ...

नेपाल मगर संघ शाखा कतारको १६औं महाधिवेशन सम्पन्न, अध्यक्षमा थापा मगर सर्वसम्मत

बिदेश, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार नेपाल मगर संघ केन्द्रीय कार्यालय काठमाडौँबाट शाखा कतारको रूपमा मान्यता प्राप्त नेपाल मगर संघ शाखा कतारको (केन्द्रीय समिति) को १६औँ महाधिवेशन तथा २५औं वार्षिकोत्सव कार्यक्रम २०२५ भव्य रूपमा सम्पन्न भएको छ । मगर संघका अध्यक्ष रेसम आले मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न महाधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागी तनहुँ जिल्ला रिसिङ गाउँपालिका वडा नं. ७ निवासी समीर थापा मगर अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा देवी कुमारी मगर, द्वितीय उपाध्यक्षमा रविना मगर, महासचिवमा पाण्डव थापा मगर, उप–महासचिवमा दीपक एक्चाई मगर, सचिवमा मन प्रसाद राना मगर, सङ्गठन सचिवमा दुर्गा दर्लामी मगर कोषाध्यक्षमा ओम थापा मगर, सह–कोषाध्यक्षमा तुषार पु...

मदन भण्डारीको ७४औँ जन्मजयन्तीमा वृहत् साइकल तथा पदयात्रा सम्पन्न

खेलकुद, समाचार
जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्ती तथा मानव अधिकार एलायन्सको २६औँ स्थापना दिवसको अवसरमा एलायन्सको काठमाडौँ जिल्ला शाखाले वृहत् साइकल तथा पदयात्रा आयोजना गरेको छ । गोकर्णेश्वरको माकलबारीबाट सुरु भएको पदयात्रा गुह्येश्वरीमा पुगेर समापन गरिएको थियो । कार्यक्रमको शुभारम्भ एलायन्सका केन्द्रीय महासचिव तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले रिवन काटेर, आफैँ साइकल यात्रामा सहभागी भएर गर्नुभएको थियो । यात्रापछिको औपचारिक कार्यक्रममा काठमाडौँ जिल्ला शाखाकी अध्यक्ष ललिता उप्रेती रिजालले सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकारवादी तथा साहित्यकार डा. कृष्ण सुवेदीले युवा केन्द्रित कविता वाचन गर्नुभयो भने प्रमुख अतिथि समेत रहनुभएका विष्णु रिजालले मानव अधिकारको रक्षामा जननेता मदन भण्डारी र नेकपा (एमाले) ले पुर्याएको योगदानको चर्चा गर्नुभयो । त्यस...

६ महिनामा ३७ वटा मानव अधिकार उल्लङ्घनका घटना

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सन् २०२५ सुरु भएदेखि ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घनका ३७ वटा घटना भएका छन् । जस घटनामा दुई हत्या, दुई ज्यानमार्ने उद्योग, दुई बालअधिकारभित्र सामुहिक बलात्कार, आठ बलात्कार, दुई बालयौन दुव्र्यवहार रहेका छन् भने महिला अधिकारकाभित्रका बलात्कार चार, बलात्कार प्रयास एक, तोडफोड एक र घरेलुहिंसा १५ रहेका छन् । ३२ महिला र ४ पुरूषगरी ३६ जना नागारिक घटनाबाट पीडित बनेका छन् भने ४५ जना आरोपित रहेको इन्सेक सिन्धुपाल्चोकका प्रतिनिधि नातिबाबु धितालले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले मानव अधिकार जनताको अवधारणा रहेको बताउनु भयो । कुनै ठाउँमा घटना घट्नु साथ तत्काल प्रहरीलाई जानकारी यथ...

मेलम्ची नगरपालिकाद्धारा भ्रममा नपर्न अनुरोध

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
गर्देै मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्धता भएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ। नगर प्रमुख तामाङको सचिबालयले आफ्नो आधिकारीक सञ्जाल मार्फत यस्तो जनाएको हो । केही दिन अगाडी केही सञ्चार माध्यमबाट मेलम्ची नगरपालिकामा अनियमितता भन्दै नगर प्रमुख र उप प्रमुख समेतको नाम आए पछी नगरपालिकाले यस्तो बताएको हो । पालिकाले नगर बासीलाइ भ्रममा नपर्न समेत आग्रह गरेको छ । हामी नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छौं । पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणको प्रतिवेदनको हवाला दिंदै मेलम्ची नगरपालिकाको विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छौं । बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छौं ।हामीलाई लाग्थ्यो रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समा...

एसइई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

ब्रेकिङ न्युज २, समाचार
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (शुक्रबार) नतिजा प्रकाशित गरेको हो । यस वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । यसरी हेर्नुस् नतिजा:...
विव्यस समिति, प्रधानाध्यापक र शिक्षकको एकताबाट मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार सम्भव छः नगर प्रमुख तामाङ

विव्यस समिति, प्रधानाध्यापक र शिक्षकको एकताबाट मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार सम्भव छः नगर प्रमुख तामाङ

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकको एकताबाट मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार सम्भव हुने धारणा राख्नुभएको छ । मेलम्ची नगरपालिकाद्वारा आयोजित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अभिभावक शिक्षा सम्बन्धि क्षमता विकास तालिमको समापन गर्दै प्रमुख तामाङले शैक्षिक क्षेत्रको सुधारका लागि नगरले प्रयाप्त बजेट विनियोजन गरेको बताउनु भएको हो । दुई दिन चलेको तालिममा नगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सहभागिता रहेको शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण अभिषेक घिमिरेले गर्नुभएको थियो ।...

११ वर्षीय बालिकाको सामुहिक बलात्कार पछि हत्या आरोपमा ५ जना पक्राउ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५ छ्याङ्गदीस्थित ११ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको आरोपमा पाँच जना पक्राउ परेका छन् । घटनामा संलग्न पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन् । २१ बर्षिय निमा बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गाँजा र रक्सीको नशामा उनीहरुले बलात्कार गरी हत्या गरेर बालिकाको शवलार्ई एकान्त जंगलको भिरमा लगेर फालिएका थिए । बालिका असार १० गते मंगलबार राति हराएको र भोलिपल्ट बिहानको समयमा उनको शव जंगलको खोल्सामा फेला परेको थियो । च्या...

मेलम्चीका विभिन्न स्थानमा बजार अनुगमन, एक मिठाई पसलमा सिल

ब्रेकिङ न्युज २, समाचार
उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगर समितिको अगुवाइमा मेलम्ची नगरपालिकाको टोलीले नगरका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । दुई दिनसम्म चलेको अनुगमनमा नगरपालिकाका वडा नं. ६, ११ र १२ का खाद्यान्न पसल, होटल, मेडिकल, भेटेनरी, बेकरी, मिठाई पसल लगायतका व्यवसायहरूमा निरीक्षण गरिएको हो । अनुगमनका क्रममा सरसफाइ     नगरेको, नविकरण नगरेको र बिलबिजक नराखेको पाइएपछि नव दुर्गा स्वीट्स एण्ड चाट हाउसमा सिल गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार नियमविपरीत व्यवसाय सञ्चालन गरेकाले पसललाई सिल गरेर दण्ड–जरिवाना समेत गरिएको छ । त्यस्तै, अनुगमनकै क्रममा म्याद सकिएका करिब ३५ हजार रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको पनि दुलालले बताउनुभयो । बजार अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च, मेलम्ची नगरपालिका, जनप्रतिनिधि, मेलम्ची नगर उद्योग...