श्रीधरको लोकार्पण
असोज १९ गते शनिबार अमेरिका, पेन्सिलभेनियाको ह्यारिस्वर्गमा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजद्वारा सो कार्यक्रम गरिएको थियो । जसमा नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन, र समृद्धिमा समर्पित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम त्रिवेणी साहित्य मंचका संस्थापक अध्यक्ष, नेपाली शिक्षा कार्यक्रम ह्यारिस्वर्गका निर्देशक नवीन शर्मा भट्टराइले गर्नु भएको थियो भने कार्यक्रम संयोजन भरत के० श्रेष्ठले गर्नु भएको थियो।
कार्यक्रममा सभाध्यक्ष दिपकजङ्ग विश्वकर्मा र प्रमुख अतिथि सीता पाण्डेलगायत , कृतिकार र चूडामणि भट्टराईँ , अर्चना शर्मा , प्रेम , तिलक , केशव , हस्त , भक्त , अभिषेक , विनय , विष्णुले लघुकथा गान बजाएर कृतिको सामूहिक विमोचन गर्नु भयो ।
दिव्या घिमिरे र आयुशा चापागाईँले स्वागत नृत्य प्रस्तुत गरेका थिए । विमोचित कृतिमाथि भक्त घिमिरे र बिष्णु लुईँटेलले संरचनाको दृष्टिकोणबाट...
