सम्पर्क

जिबनशैली

पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ६ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले देशको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा पत्रकारिता जगत्ले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आमसञ्चारमाध्यम लोकतान्त्रिक शासन प्रणालीका मेरुदण्ड भएकाल बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरआँंगनसम्म पु¥याउन सत्तासीन शासन सञ्चालनमा बसेकाहरूलाई घच्घच्च्याएर लोकतन्त्रप्रति जनताको विश्वास अभिवृद्धि गर्न तपाईंहरूले जिम्मेवार भएर काम गर्नुहुने मेरो विश्वास छ ।” राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रुपमा सम्मान प्राप्त भएको बताउनुभयो । “जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक...

चौतारा अस्पातलमा डाइलासिस सेवा सुरु आजै पुर्ब स्वास्थ्य मन्त्री बस्नेतद्धाराउद्धघाटन हुने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला को चौतारा अस्पतालमा डाइलासिस सेवा सुरु हुने भएको छ। पुर्ब स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा आज देखी मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु हुने भएको छ । चौतारा अस्पतालमा मृगौला रोगीहरुको सुबिधाका लागी सेवा शुरु गर्न लागीएको अस्पताल मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारी ले जानकारी दिनु भयो । डाइलासिस सेवाले सिन्धुपाल्चोक जिल्ला र आसपासका मृगौला रोगीहरुको लागि राहत प्रदान गर्ने अपेक्षा गरिएको भण्डारीले बताउँनु भयो । जब मृगौला रोगीहरुको मृगौलाले काम गर्दैन् शरीरका फोहोर चिजहरु फालिरहेको हुदैन् उति नै बेला मृगौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ भन्दै उँहाले डाइलासिस सेवा लिनको लागि मृगौला रोगीहरुलाई आव्हान गर्दै ’मृगौला बिरामीहरु आउनुहोस हामी सेवा दिन तयार भइसकेका छौं भन्नु भयो ।हाल अस्पातलबाट इमर्जेन्सी , बहिरग...

कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २को बेठक मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिको बैठक मेलम्चीमा बसेको छ । क्षेत्रीय सभापति एवं मेलम्ची नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव मा. कृष्ण कुमार तामाङ को प्रमुख आतिथ्यतामा क्षेत्र नम्बर २ भित्रका नेपाली कांग्रेसको विभिन्न तह तप्काका जिम्मेवार नेता हरुको उपस्तिथिमा बैठक बसेको हो । बैठकमा पार्टीको हितका लागि सबै एक भएर अगाडी बढ्न पर्ने बताउँदै पाटीले गरेका हरेक बिकासका कार्यक्रमहरु सबै सामु लानका लागी पनी हामी लागी पर्नु पर्ने बताउँनु भयो । बैठकमा क्षेत्रीय सभापती आइतमान तामाङले नेपाली काँग्रेस २ नं क्षेत्रलाइ अझ सक्रिय गराउँदै काग्रेसले गरेका कामहरु जनतामाझ लान आबश्यक भएकाले क्षेत्र भित्रका निर्बाचन जितेका सबै स्थानीय जन प्रतिनिधी पार्टी पदाधिकाीहरु प्रतिनिधीहरु ले यस तर्फ ध्यान दिन...

इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिन सभापती देउवाको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने बताउँनु भयो । समय माग र जनताको चाहाना बमोजिम ठुला दलहरु दाया बाया फर्केर होइन एकै ठाउमा बसेर बिकासका कामहरु गर्न पर्ने आबश्यकता देखीएकाले बर्तमान सरकारको बनेको बताउँनु भयो ।  उहाँले काभ्रेपलाञ्चोकजिल्लाको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई शनीबार सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभयो।“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाए अनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भन्नुभयो। उहाँले क...

इलेक्ट्रोपावर कम्पनि लिमिटेडको प्राथमिक उपचार तालिम भोटेकोशीमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत ,इलेक्ट्रोपावर कम्पनि लिमिटेड (भोटेकोशि–१ जलविद्युत आयोजना ४० मेगावाटको आयोजना र भोटेकोशि गाँउपालिकाको सहकार्यमा १ दिने प्राथामिक उपचार तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रको लागि नामक संस्थाले प्राथामिक उपचारका बिधिका बारेमा प्रशिक्षण दिएको थियो । गाउँपालिकाका अध्यक्ष नुर्पु शेर्पाको सभापतित्वमा गाउँपालिकाको सभाहलमा भएको तालिममा पालिका भरका स्वास्थ्यकर्मि, स्वयम्सेवीका, शिक्षक, शिक्षिका, स्थानिय समाजसेबी, सुरक्षाकर्मीहरु क्लबहरु र आयोजनासँग सम्बन्धित कर्मचारिहरु, पालिकाकाका कर्मचारीहरुको सहभागीता रहेको थियो । योगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक ओम उप्रेतीले प्राथमिक उपचारका लागि कसरी गर्ने के के गर्ने भन्ने बिषयमा जानकारी दिनुभएको थियो । उहाँले खाना खाँदा घाँटीमा खान अड्केर हुन सक्ने क्षेती रोक्ने, पानिमा डुबेकालाई तत्काल गर्न पर्ने उपचार बिधि, एम्...

दुना टपरी बुन्न सिक्दै गोल्मादेवीका विद्यार्थी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित रहेको गोल्मादेवी माध्यमिक विद्यालयले चासो दिन थालेका छन् । विद्यालयले पढाइसँगै परम्परागत सीप तथा दुना–टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयका छात्र छात्राहरुलाई हरेक शुक्रबार तालिम दिइएको विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित हामीले छात्राहरुलाई दुना, टपरी बनाउने जीवन उपयोगी परम्परागत सीप प्रदान गरेका हौं । यो व्यवहारिक ज्ञान दिने माध्यम मात्र हैन र नेपाल र नेपाली चिन्ने र चिनाउने कडी पनि विद्यार्थीलाई सिकाएका हौँ । किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धित भएकोले प्रत्येक साताको एक दिन हामीले ...

मेलम्ची नगरपालिकालाई सम्मानको ओइरो, नेपाली काँग्रेस बागमती प्रदेशले पनी गर्यो मेलम्चीलाइ सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकालाइ एक पछी अर्काे सम्मान प्राप्त भएको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्ची नगर पालिकालाइ नेपाली काँग्रेसका केन्द्रीय सभापतीले सम्मान गर्नु भए लगत्तै नेपाली काँग्रेस बागमती प्रदेशले पनी मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्चीलाई सम्बिधान दिबसको दिन एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको पालिका मध्य मेलम्ची नगरपालिका दोस्रो भएकोमा सम्मान गरिएको हो ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमको प्रमुख आतिथ्य,स्थानीय तह समन्वय विभागका प्रमुख उपेन्द्र लम्साल लगायतको उपस्थितिमा नेपाली काङ्ग्रेस बागमती प्रदेशका...

अपाङ्गता भएका अगुवा महिलाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
अपाङ्गता भएका अगुवा महिलाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम चौतारामा सुरु भएको छ । ऋद्यः न्यिदभि को आर्थिक सहयोग र सप्रोस नेपालको आयोजनामा अपाङ्गता भएका अगुवा महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम बुधबारबाट सुरु भएको सप्रोस नेपालका कार्यकारि निर्दशक महेश्वर ढकालले जानकारी दिनुभयो । ३ दिनसम्म सञ्चालन हुने उक्त तालिममा चौतारा सागाचोकगढी नगरपालिकाको १४ वटै वडाबाट छनोटभई आएका १४ जना र बलेफि गाउँपालिकाका ८ वडाबाट छनोट भई आएका ८ जना गरि जम्मा २२ जना अपाङ्गता भएका ब्यक्ति तथा अपाङ्गताका अभिभावक अगुवा महिलाहरुको सहभागिता छ ।...

चौतारामा पनी इन्द्र जात्रा शुरुवडाअध्यक्षद्धारा खुशी ब्यक्त

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा यस बर्ष देखी इन्द्र जात्रा मनाउँन शुरु गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले हरेक महत्वपुर्ण पर्ब मध्य इन्द्र जात्रा पनी अती महत्व पर्ब पर्ने भएको ले यो पर्ब मनाउँन शुरु गर्न लागेको बताउँनु भयो । इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । पुरानो बजार स्थित गणेश स्थान परिषरमा गत वर्ष भैरवको प्रतिमा स्थापना गरिए पछि इन्द्र जात्रा मनाउन थालिएको वडा अध्यक्ष श्रेष्ठले बताउँनु भयो ।गत वर्ष स्थानीय समाज सेवी रबिन्द्र श्रेष्ठले भैरवको प्रतिमा स्थापना गर्नु भएको थियो । ९ ÷११ फुटको उक्त प्रतिमामाको शिरमा ईन्द्र भगवानको प्रतिमा स्थापना गरिएको छ । बाजागाजा सहित स्थानीयहरुको बाक्लो उपस्थितिमा जात्रा मनाई...

रेखालाई कतारमा सम्मान

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
दर्शन सुनार कतार,नेपाल मगर संघ शाखा कतारले कलाकार रेखा मगरलाई संस्थागत सम्मान तथा बिदाई गरेको छ ।मध्यपुर्वको देश कतारलाई २०११ देखि कर्म थलो बनाउदै आएतापनि नेपाल मगर संघ शाखा कतारमा २०१७ देखि आवद्ध रहेकी कलाकार रेखा मगर कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी फर्कन लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले एक कार्यक्रमका बिच कलाकार मगरलाई आफ्नो कलाकारिता मार्फत संस्थामा पु¥याएको योगदानलाई कदर गर्दै दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्दै सम्मान तथा बिदाई गरेको हो ।संस्थागत बिदाई पश्रांत अतिथी रेखा मगर अत्यन्तै भावुक बन्नु भएको थियो । सो अबशरमा मगरले कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी नेपाल फर्किन लागेतापनी आफू कतार रहदा नेपाल मगर संघ र साँस्कृतिक परिवारले दिएको माया र साथ सदैब मनमा रहिरहने र संघलाई सम्झिरहने बताउँनु भयो ।बिदाई तथा सम्मान कार्यक्रममा नेपाल मगर संघ शाखा...