नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने बताउँनु भयो । समय माग र जनताको चाहाना बमोजिम ठुला दलहरु दाया बाया फर्केर होइन एकै ठाउमा बसेर बिकासका कामहरु गर्न पर्ने आबश्यकता देखीएकाले बर्तमान सरकारको बनेको बताउँनु भयो ।
उहाँले काभ्रेपलाञ्चोकजिल्लाको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई शनीबार सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभयो।“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाए अनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भन्नुभयो। उहाँले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गर्नुभयो। उहाँले “सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।”उहाँले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोही अनुसार गर्नुपर्ने बताउनुभयो । “अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उँहाहरूको मन जित्ने गरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीय स्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ”, सभापति देउवाले भन्नुभयो।सभापति देउवाले काँग्रेसलाई एक नम्बरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताउनुभयो। “नम्बर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नुप¥यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उहाँको तर्क थियो । “तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुप¥यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत ग¥यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ”,उहाँले भन्नुभयो ।सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहो¥उनुभयो। उहाँले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएकोे, “यो ठूलो गौरवको विषय हो ”भन्नुभयो । कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री डा. शसांक कोइरालाले बिपी कोइरालालाई पुजेर मात्रै हैन उहाँको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताउनुभयो।
उहाँले “कांग्रेसीजनले बिपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ भन्नु हुँदै उहाँले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिलाई विकास एवं प्रवर्द्धन गर्न आग्रह गर्नुभयो।पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइरालाको समाजवादको सिद्धान्त अनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरिब तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताउनुभयो। उँहाले काभ्रेपलाञ्चो जिल्लामा पनी काँग्रेस ले काँग्रेसलाइ भोट हाले जित्ने बताउँदै काँग्रेसका साथीहरु बिकासमा लाग्न अनुरोध गर्नु भयो । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले बिपी कोइराला कमकालीन राजनीतिमा ‘क्रान्तिकारी’ बहु आयामिक नेता भएको उल्लेख गर्दै उहाँले विचार आदर्श कहिल्यै नमर्ने धारणा राखनुभयो।पार्टीका अर्का केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले महामानव बिपीको विचार आज पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले लोकतन्त्र बलियो बनाउन उहाँको आदर्श पछ्याउनुपर्ने बताउनुभयो । यस्तै पार्टीका केन्द्रीय सदस्य गणेश लामाले महासमितिको निर्णय अनुसार अबका निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने बताउनुभयो। सो अवसरमा पार्टीको बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र वादे, काभ्रेपलाञ्चोक जिल्ला सभापति तीर्थ लामालगायतले महामानव बिपी कोइरालाको आदर्श विचार तथा योगदानबारे चर्चा गर्नुभएको थियो।
