नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिको बैठक मेलम्चीमा बसेको छ । क्षेत्रीय सभापति एवं मेलम्ची नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव मा. कृष्ण कुमार तामाङ को प्रमुख आतिथ्यतामा क्षेत्र नम्बर २ भित्रका नेपाली कांग्रेसको विभिन्न तह तप्काका जिम्मेवार नेता हरुको उपस्तिथिमा बैठक बसेको हो । बैठकमा पार्टीको हितका लागि सबै एक भएर अगाडी बढ्न पर्ने बताउँदै पाटीले गरेका हरेक बिकासका कार्यक्रमहरु सबै सामु लानका लागी पनी हामी लागी पर्नु पर्ने बताउँनु भयो । बैठकमा क्षेत्रीय सभापती आइतमान तामाङले नेपाली काँग्रेस २ नं क्षेत्रलाइ अझ सक्रिय गराउँदै काग्रेसले गरेका कामहरु जनतामाझ लान आबश्यक भएकाले क्षेत्र भित्रका निर्बाचन जितेका सबै स्थानीय जन प्रतिनिधी पार्टी पदाधिकाीहरु प्रतिनिधीहरु ले यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । उँहाले पाटीमा काम गर्नेहरुका लागी आफ्नो क्षेत्रमा योग्यता अनुभव र सक्रीयताका आधारमा भएको र हुन सक्ने जिम्मवारी दिएको र सो जिम्मेवारी पुरा गर्न इमान्दारीताका साथ लागी पर्न आग्रह गर्दै आगामी निर्वाचनमा २न क्षेत्रको सबै स्थानीय तह काग्रेसले जित्ने गरी काम गर्न सबैलाइ आग्रह गर्नु भयो । उँहाले राजेन्द्र ताल्चाभोडेलले पाटी कार्यलयका लागी जग्गादान गर्नु भएकोमा बिशेष धन्यबाद समेत ब्यक्त गर्नू भयो । बैठकमा सहभागी पालिका सभापती तथा पदाधिकारीहरुलाइ आआफ्ना पालिकाका वडा समितीहरुलाइ चलायमान गराइ राख्न क्षेत्रबाट के सहयोग चाहीन्छ आफुबाट हुन र गर्न सक्ने सहयोग गरिरहने बताउँदै सक्रिय भएर लाग्न समेत अनुरोध गर्नु भयो ।