सिन्धुपाल्चोक जिल्ला को चौतारा अस्पतालमा डाइलासिस सेवा सुरु हुने भएको छ। पुर्ब स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा आज देखी मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु हुने भएको छ । चौतारा अस्पतालमा मृगौला रोगीहरुको सुबिधाका लागी सेवा शुरु गर्न लागीएको अस्पताल मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारी ले जानकारी दिनु भयो । डाइलासिस सेवाले सिन्धुपाल्चोक जिल्ला र आसपासका मृगौला रोगीहरुको लागि राहत प्रदान गर्ने अपेक्षा गरिएको भण्डारीले बताउँनु भयो । जब मृगौला रोगीहरुको मृगौलाले काम गर्दैन् शरीरका फोहोर चिजहरु फालिरहेको हुदैन् उति नै बेला मृगौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ भन्दै उँहाले डाइलासिस सेवा लिनको लागि मृगौला रोगीहरुलाई आव्हान गर्दै ’मृगौला बिरामीहरु आउनुहोस हामी सेवा दिन तयार भइसकेका छौं भन्नु भयो ।हाल अस्पातलबाट इमर्जेन्सी , बहिरगं, अन्तरगं , ल्याव, एक्स रे तथा भिडियो एक्स रे , फार्मेसी, OCMC, कोभिड आइसोलेशन, डेन्टल ओपिडी, पोप्टमार्टम सेवाहरु उपलव्ध छन् बालरोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, जनरल सर्जरी सेवा, दन्त रोग सेवा, जनरल ओपिडी सेवा, एम.डि.जि.पीद्धारा विशेषज्ञ सेवा,शल्यक्रिया सेवा (जनरल सर्जरी र स्त्री तथा प्रसुति रोग संग सम्वन्धीत साना तथा ठूला अपरेशन) रेडियोलोजी सेवा (एक्सरे, भिडियो एक्सरे )फिजियोथेरापी सेवा लगाएतका सेवाहरु प्रदान गरिरहेको छ । अब डाइलासिस सेवा शुरु भए पछी मृगौला रोगको पनी उपचार हुने भएको छ ।