सम्पर्क

इलेक्ट्रोपावर कम्पनि लिमिटेडको प्राथमिक उपचार तालिम भोटेकोशीमा

नेत्र बहादुर बस्नेत ,इलेक्ट्रोपावर कम्पनि लिमिटेड (भोटेकोशि–१ जलविद्युत आयोजना ४० मेगावाटको आयोजना र भोटेकोशि गाँउपालिकाको सहकार्यमा १ दिने प्राथामिक उपचार तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रको लागि नामक संस्थाले प्राथामिक उपचारका बिधिका बारेमा प्रशिक्षण दिएको थियो ।
गाउँपालिकाका अध्यक्ष नुर्पु शेर्पाको सभापतित्वमा गाउँपालिकाको सभाहलमा भएको तालिममा पालिका भरका स्वास्थ्यकर्मि, स्वयम्सेवीका, शिक्षक, शिक्षिका, स्थानिय समाजसेबी, सुरक्षाकर्मीहरु क्लबहरु र आयोजनासँग सम्बन्धित कर्मचारिहरु, पालिकाकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
योगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक ओम उप्रेतीले प्राथमिक उपचारका लागि कसरी गर्ने के के गर्ने भन्ने बिषयमा जानकारी दिनुभएको थियो । उहाँले खाना खाँदा घाँटीमा खान अड्केर हुन सक्ने क्षेती रोक्ने, पानिमा डुबेकालाई तत्काल गर्न पर्ने उपचार बिधि, एम्बुलेन्सको ब्यवस्था कसरी गर्ने भन्ने बारेमा केन्द्रित रहेर प्रशिक्षण दिनुभएको थियो ।
उहाँले प्राथमिक उपचार भनेको कुनै पनि व्यक्तिलाई सामान्य वा जटिल चोटपटक लागेमा, बिरामी भएमा अथवा मृत्यु नजिकको अवस्था आई परेमा सामान्य वा तालिम प्राप्त व्यक्तिले अस्पतालसम्म पु¥याउन्जेल हेरचाह गर्नु हो । प्राथमिक उपचार गर्ने व्यक्तिले सानोतिनो स्वास्थ्य सम्बन्धी जानकारी तथा तालिम लिएको हुनु पर्ने हो तर दुर्घटना भनेर आउने होइन नत अवस्था हेरेर आउने हो। जुनसुकै परिस्थितिमा आफ्नो र आफन्तलाई मद्दत पु¥याउन हामीले प्राथमिक उपचार बारेमा जानकारी लिइराख्नु राम्रो हुन्छ भन्नु भयो ।
उँहाले कार्यक्रममा कलाकार रमेश उपं्रेतीले जुनसुकै पेशामा लागेका मानिसहरुले पनि स्वास्थ्यमा ध्यान दिन पर्ने बताउँदै जती सुकै व्यस्त भएपनी दैनिक कम्तिमा पनी २ घण्टा शरिरको स्वास्थ्यका लागी व्यायम, योग, ध्यान, गर्न पर्ने बताउँनु भयो । उहाँले शरिर स्वस्थ रह्यो भने मात्र हरेक काम गर्न सकिने बताउँदै अपरझट हुने घटनाका कारण तत्काल स्वास्थ्य सस्था नभेटेको अबस्थामा प्राथमिक उपचार प्रयोग गरेर बचाउँन सकिने भएकाले यो प्राथमिक उपचाको तरिका सबैले सिक्न पर्ने बताउँनु भयो । भोटेकोशी गाउँपालिकाका सुचाना प्रबिधि अधिकृत गंगा सागर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा योगदान राष्ट्रको केन्द्रीय सदस्य केशब प्रसाद दङ्गालले कार्य क्रमका बारेमा जानकारी दिनुभएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रलाल श्रेष्ठले पालिकामा जम्मा २ वटा मात्र एम्बुलेन्स रहेको र टेलीफोनको नेटवर्कका कारण समयमा एम्बुलेन्स र स्वास्थ्य संस्थासँग सम्मन्वय गर्न नसक्दा समस्या उत्पन्न भएको बताउँनु भयो । श्वास रोकिसकेको र मुटुले काम गर्न छोडिसकेको जुनसुकै व्यक्तिलाई केही समयभित्र दक्ष तरिकाले सिपिआर दिनसके उक्त व्यक्तिलाई पुनर्जीवन दिन सकिन्छ भन्दै समयमा नै यसरी सिपिआर दिन सके मान्छेको बाँच्ने औसत तीनदेखि चार गुनाले बढ्न सक्छ भन्नुभयो । उहाँले श्वास र नाडी छाम्दा पल्स छ, एक छिनलाई बेहोस मात्र भएको छ भने टाउको शरिरभन्दा अलि तल राख्ने खुट्टा अलि माथि उठाएर राख्ने जसले गर्दा मस्तिष्कमा राम्रोसँग रगत सञ्चालन होस्, तर घाइतेले कुनै प्रतिक्रिया दिएन भने नआत्तिईकन बिरामीलाई समतल भुइँमा उत्तानो पारेर सुताउने, लुगा खुकुलो पार्ने । बिरामीको घाँटीनिरको कारोटिड पल्स र सास चलेको नचलेको सकभर एकै पटक हेर्ने। जसको लागि आफ्नो टाउको बिरामीको छातीतिर फर्काएर हेर्ने । छाती तल माथि गरेको छ कि छैन, गालामा बिरामीले सास फेरेको हावा महसुस गर्ने र हातले पल्स छाम्ने यसरी १० सेकेन्डभित्र एकै पटक पत्ता लगाउनु पर्छ । केही पनि छैन भने आफ्नो घुँडा टेकी भुइँमा बस्ने, आफ्नो दुवै हात सिधा गरी पुरुष या स्त्री बिरामी दुवैमा जो भए नि उसको छातीको बिचमा स्टर्नम र वक्षको मोटो हड्डीको तलको भागमाथि आफ्नो दाहिने हातको हत्केला राख्ने । यदि तपाईं देब्रे हात प्रयोग गर्नु हुन्छ भने देब्रे हात तल र अर्को हात माथि राखेर सबै औँलाले एक अर्को हातलाई बाँध्ने र कुहिनो नमोडीकन सिधा नै थिच्ने । थिच्दा बिरामीको छाती कमसेकम २–३ इन्च भित्रसम्म थिचिनु पर्छ र थिच्ने बित्तिकै बिस्तारै हात खुकुलो गर्ने यसरी थिच्दा ध्यान के दिने भन्दा १ मिनेटभित्र एक सय पटक छातीलाई थिचिसक्नु पर्ने दरले छिटो छिटो थिच्ने छोड्ने र अरूले सुन्ने गरी १, २ गिन्ती गर्दै जाने। तिस पटक छाती थिचेपछि छाती थिच्न छोड्ने र टाउको ढल्काउने र चिउँडो उठाउने, नाक बन्द गर्ने र आफ्नो मुखमा हावा भरी बिरामीको मुख पुरै आफ्नो मुखले छोपेर फुक्ने र यो फुक्ने काम २ पटक गर्ने। फेरि छाती थिच्न सुरु गर्ने। यदि मुखमा फोहोर, रगत, माटो या भाँचिएको दाँत छ भने सफा गरेपछि मुखमा मुखले कृत्रिम सास दिने । बच्चा छ भने पल्स काखीमा चेक गर्ने, छातीको एक तिहाइ भाग मात्र थिच्ने।बाह्र वर्ष माथिको बच्चामा ठुलो मान्छेझैँ सिपिआर गरिन्छ भने १ वर्ष भित्रको बच्चामा चोर औँला र १ वर्ष माथिको बच्चामा एक हातले सिपिआर दिइन्छ। यदि हृदय गतिहीन भएको ०–४ मिनेट भित्र सिपिआर दिए मस्तिष्कमा कुनै असर पुग्दैन, ४–६ मिनेटभित्रमा उक्त व्यक्तिको मस्तिष्कमा असर पुग्ने सम्भावना बढ्छ तर १० मिनेटभन्दा बढिभए उक्त व्यक्तिको मस्तिष्क मृत्यु लगभग भइसकेको हुन्छ ।   
सिपिआर अस्पताल पुगुन्जेल या अरू आकस्मिक मेडिकल सुविधा पुगुन्जेल दिनु पर्ने हुन्छ । यदि तपाईं थाकिसक्नु भयो या मृत्युले सो मान्छेलाई छोइसक्यो भने सिपिआर बन्द गर्न सकिन्छ भन्ने सन्देशका साथ प्रशिक्षण दिनुभयो । प्रशिक्षणमा सहभागीहरुले ईलोक्ट्रोपावर कम्पनि लिमिटेड ( भोटेकोशि–१ जलबिद्युत आयोजना ४० मेगावाट) ले यसरी प्रथामिक उपचारका लागी तालीम दिएकोमा आयोजनालाइ बिशेष धन्यबाद दिएका थिए भने गाउँपालिकाका अध्यक्ष शेर्पाले सहभागीहरुलाई तालिम प्रमाण पत्र दिदै ईलोक्ट्रोपावर कम्पनि लिमिटेड ( भोटेकोशी–१ जलबिधुत आयोजना ४० मेगावाट) आयोजना, योगदान राष्ट्रको लागिका पदाधिकारी एवम् सहभागीहरुलाई बिशेष धन्यबाद दिनु भएको थियो ।