सम्पर्क

जिबनशैली

सत्तारूढ दलको बैठक : राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ७ कात्तिक : सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिले सर्वसम्मत तयार पारेको प्रतिवेदन कार्यान्वयनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई अदालतको स्वीकृति लिई पक्राउ गरिएको जानकारी गराउनुभयो । फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने गरी भइरहेका विरोध प्रदर्शन उचित नभएको गृहमन्त्री लेखकले बताउनुभयो । यस्ता घटना...

कानुनी शासन र मानव अधिकार संरक्षणमा चुनौती थपिँदै

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ६ कात्तिकः कानुनको शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै गएको सरोकार भएकाहरुले बताउनुभएको छ ।अन्तर्राष्ट्रिय बार एशोसिएसनसँगको सहकार्यमा नेपाल कानुन समाजले सोमबार यहाँ आयोजना गरेको ‘कानुनको शासन र मानव अधिकार’ विषयक कार्यक्रमका सहभागीहरुले कानुनी शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै गएको बताउनुभएको हो ।पूर्वप्रधानन्यायाधीश एवं संविधान निगरानी समूहका अध्यक्ष कल्याण श्रेष्ठले विधिको शासन र मानवअधिकार लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको परिपालना र प्रवर्द्धनमा अहिले विश्वव्यापी रुपमा चुनौती देखिँदै आएको बताउनुभयो । उहाँले नेपालको संविधान २०७२ को मौलिक हकमा व्यवस्था गरिएको विषय कतिको कार्यान्वयनमा गएको छ भनेर समीक्षा गर्नेबेला आएको उल्लेख गर्नुभयो ।पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अदालतले दिएको आदेश कार्यान्वयनमा समस्या खडा ...

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
घोडाघोडी (कैलाली), ५ कात्तिक : गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला प-यो । डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन ...

विपद् प्रभावित स्थानीय तहलाई राहत उपलब्ध गराइने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १ कात्तिक : विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ । क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । सिंहदरबारस्थित विपद् प्राधिकरणको कार्यालयमा आज गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले विपद्बाट प्रभावित मुलुकका ७१ स्थानीय तहलाई राहत रकम दिने निर्णय गरेको छ । प्रभावित स्थानीय तहलाई तीन भागका वर्गीकरण गरी राहत रकमस्वरुप प्रत्येक स्थानीय तहलाई रु ५० लाखदेखि रु एक करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो । त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्...

चौथो संस्करणको मालिकादेवी कप मेलचौरमा १५५५५५ को तैयारी

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ मेलचौरमा १५५५५५ को राषी पुरस्कार भएको खेलको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने गरी सुरु हुन लागेको फुटबल प्रतियोगिताको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवीकप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको लागि कार्तिक ३ गतेसम्म टिम दर्ता गरिने छ भने ५ गते उद्घाटन सहित खेल सुरु हुने कार्यक्रम रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ मेलचौर खेल मैदानमा हुने प्रतियोगिताको लागि तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियो...

प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै : गृहमन्त्री लेखक

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ३० असोज : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताउनुभएको छ ।६९औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गर्नुभयो ।नेपाल प्रहरी एउटा जीवन्त सङ्गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताउनुभयो । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उहा...

अरनिको राजमार्ग एकतर्फी सञ्चालन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
धुलिखेल, २७ असोजः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको बताउनुभयो । सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसिभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीच बाटोमा नै रोकिएको थिए । शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । रासस...

नेपाली सेनालाई स्वर्ण पदक

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, २७ असोजः विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको छ ।दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङकन हुने निर्देशनालयल...

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
गलेश्वर (म्याग्दी), २७ असोज (रासस) : म्याग्दीको बेनी नगरपालिका- ९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पु¥याउन डाँडा उक्लिहाल्नुहुन्छ । सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ । उहाँ विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कलुवाल कराउनुहुन्छ । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायल...

क्षेत्री समाजको कार्यक्रममा भन्डारीले कतारबासीलाई नचाउँनु भयो

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
  दर्शन सुनार ÷ कतार क्षत्री समाज नेपाल,कतार शाखाले आयोजना गरेको बिजया दशमी,शुभ दिपावली साथै छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।समाजले “क्षत्री दिवसको अवसर पारेर महावीर पुनले स्थापना गरेको “राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ“ गर्ने हेतुले आयोजना गरेको “बृहत् सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक तथा दोहोरी गायिका सम्झना भन्डारीले कतारबासीलाई छमछमी नचाउनु भयो ।कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहनु भएकी अतिथि कलाकार भन्डारीले “न दशैको टीका न तिहारको माला परदेशमा हुनीलाई“ बोलको गित गाउदै जब स्टेज जानु भयो ,। हलको माहोल तात्यो दर्शकको हुटिङले मन जित्यो । सो अबशरमा गायिका भन्डारीले कतार सम्म आउन समाजले गरेको पहललाई मनै देखि कृतज्ञता व्यक्त गर्दै हलमा उपस्थित सम्पुर्णलाई बिजयादशमीको शुभकामना दिनु भयो । उँहाले तिम्रो मायाले मलाई ...