सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ स्थित रहेको प्रशिद्ध मन्दिर गौराती भिमेश्वरको मेला लाग्ने भएका कारण चौतारा साँगाचोकगढी नगरपालिकाकाले बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार कात्र्तिक ३० गते (शुक्रबार) एक दिनका लागी स्थानीय पर्ब बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय प्रमुख बैकुण्ड प्रसाद सापकोटाले सुचना प्रकाशित गरेर जानकारी दिनु भएको हो । जिल्लाको प्रसिद्ध मन्दिर गौराती मेलामा दर्शनार्थिहरुलाई मनोरञ्जन गराउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । विशेषगरी हिन्दू धर्ममा आस्था राख्ने भक्तजनको मुख्य श्रद्धाको केन्द्र गौरती ’गौराती’’ भिमसेनको दर्शन गर्नाले सोचेको आटेको मनोकामना पूरा हुने जनविश्वास रहेको छ । श्रद्धालुले मन्दिरमा अलौकिक शक्ति रहेको विश्वास गर्दै इच्छ्याएको कुरा पूरा भएपछि मन्दिरमा बली बुझाउने चलन रही आएको छ ।
