पालिका–पालिकामा राष्ट्रिय परिचय पत्र बितरण गर्दै प्रजिअ थापा
नेत्र बहादुर बस्नेत ,सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सिन्धुपाल्चोक जिल्लाका हरेक नागरिकले आ–आफ्नै स्थानबाट प्राप्त गरुन भन्ने उद्धेश्यले हरेक पालिाकहरुलाई परिचय पत्र बितरणका लागी ब्यवस्था मिलाइएको बताउँनु भयो ।उहाँले चौतारा साँगाचोकढी नगरपालिकाको कार्यालयमा सोमबार राष्ट्रिय परिचयपत्र बितरण गर्दै यस्तो बताउँनु भएको हो ।
उहाँले बिभागबाट टोली खटाएर वडा कार्यालयहरु मार्फत् परिचयपत्रको फोटो खिचेका नागरिकहरुलाई परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालयमा आउँनभन्दा सम्बन्धित पालिकाको कार्यालयमा सहज हुने भएकाले पालिकाहरुबाट नै परिचयपत्र दिने व्यवस्था मिलाइएको बताउँनु भयो ।
प्रजिअ थापाले भोटेकोशी गाउँपालिकामा माननीय परराष्ट्रमन्त्री आरजु राण देउवाको प्रमुख अतिथ्यतामा र माननीय पुर्बमन्त्री मोहन बहादुर बस्नेतको बिशेष अतिथ्यतामा परिचयपत्र बितरण सुरु गरिएको र सोमबार चौतारा साँग...

