गुल्मी सेवा समाज कतारले भव्य रूपमा मनायो तिज
दर्शन सुनुवार लोकप्रियसमाचार राष्ट्र्यि दैनिक कतार ,कतारमा रहेका गुल्मेलीहरूको साँझा संस्था गुल्मी सेवा समाज कतारले "तिज विशेष कार्यक्रम" मनाएको छ ।हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर समाजले शुक्रवार ग्रान्ड मलमा रहेको सेन्चुरी रेस्टुरेन्टको सभा हलमा समाजका का:वा अध्यक्ष सुरज चन्द बोहोराको सभापतित्व तथा समाजका प्रमुख संरक्षक बुद्ध पाण्डेयको प्रमुख आतिथ्यमा भव्य रूपमा मनाएको हो । विधिगत रूपमा ब्यानर अनावरण गर्दै दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । राष्ट्र निर्माणको निमित्त योगदान पुर्याउने ज्ञात अज्ञात सहिद तथा स्वर्गीय झबिन्द्र आचार्यको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।कार्यक्रममा लोक तथा दोहोरी गायिका तारा बिसी लगायत अन्य गुल्मेली कलाकारहरूले सागिंतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा उपस्थित रहेका दिदीबहिनीहरू मज्जाले झुमेर नाचेका थिए । ...

