सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका उप प्रमुख मन्जु तामाङले नगरका हरेक वडाको टोलटोलमा गएर राष्टिय परिचय पत्र बितरण गर्न थाल्नु भएको छ ।
नगर पालिकाको हरेक वडाका टोलटोलमा गएर वडा पदाधिकारी वडा सचिब सहीत वडाबाट दिइने सुबिधा दिदै सामाजकि सुरक्षा भत्ता परिचय पत्र नबीकरण समेत गर्ने ब्यवस्था मिलाइएको नगर उप प्रमुख तामाङले जानकारी दिनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले नगरका कोही पनी नागरिकहरुलाइ नगरबाट पाउँन पर्ने सुबिधमा कुनै पनी कमी नहोस भन्दै राष्टिय परिचयपत्रबनाउँन बाँकी अशक्त बृद्धहरुको लागी नगर पालिकामा नै शिबीर ल्याउँन पहल गर्नु भएको जानकारी दिनु हुँदै उप प्रमुख तामाङले २७,२८,२९गते ९वडाको टोलटोलमा गएर ४६३ जनाइ सेवा दिएको र आज पनी ९ नं वडाका बाकी टोलहरुमा गइ सेवा दिन लागेको बताउँनु भयो । नगरपालिकामा रहेको ९वटा वडाहरुमध्य वडा नं ९मा ४दिन लाग्ने भएको छ भने बाकी वडाहरुमा पनी ९ नं वडाको बितरण सकिए पछी नियमितरुपले बितरण गरिने कार्यक्रम रहेको जानकारी दिदै उप प्रमुख तामाङले सामाजीक सुरक्षा भत्ता परिचय पत्र नबीकरणका लागी राष्टिय परिचयपत्र नंम्बरको आबश्यक पर्ने हुँदा सबै वडामा यो अभियान चलाइएको बताउँनु भयो ।
