सम्पर्क

जिबनशैली

पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
 दिनेश भण्डारी- नव क्षितिज साप्ताहिकको रजत वर्ष र यसका प्रधान सम्पादक, अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईको जन्म दिन धुलिखेल–१२,मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ५२ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडा र नगद रु २५ हजार हस्तान्तरण गरेर मनाईएको छ । काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर प्रकाशित नव क्षितिज साप्ताहिक २०८२ बैशाख ८ गतेबाट २५ वर्ष प्रवेश गरेकोमा वर्षभरी रजत वर्ष मनाउने कार्यक्रम तथा नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका नवराज बजगाइको असार १८ गते र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी बुधबार धुलिखेलमा रहेको मानव कल्याण समाजको सेवा घर शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडाहरू र नगद सहयोग गरेका हुन् । उनले गत वर्षका जन्म...
मेलम्ची नगरपालिका -१२  अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

मेलम्ची नगरपालिका -१२ अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका- १२, बाँसबारीमा वडा शिक्षा समितिको आयोजना तथा जालपादेवी मावि बाहुनीपाटी को समन्वयमा वडालाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा’ घोषणा गरिएको छ । उक्त कार्यक्रम मेलम्ची नगरपालिका -१२ बाँसबारीका वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । ४ देखि १३ वर्षसम्मका बालबालिकाको घर–घरमा पुगेर तथ्यांक संकलन गर्दा विद्यालय बाहिर रहेका सबै बालबालिका विद्यालयको पहुँचमा ल्याउने कार्य सम्पन्न गरिएको थियो। साथै ४ देखि १३ बर्ष उमेर समुहका विद्यालय आउन बाँकि कोहि छुटेका बालबालिका भए उनिहरुलाई समेत अनिवार्य शिक्षामा समेट्ने प्रतिवद्धता सहित कार्यक्रम सम्पन्न गरिएको थियो।...
रामदेबी माबी हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम

रामदेबी माबी हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
कबीता श्रेष्ठ लोकप्रियसमाचार राष्टीय दैनिक , सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० स्थित श्री राम देवी मा.वि हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं १०को ,आर्थिक सहयोगमा नेत्र ज्योति मिडिया हाउसद्धारा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडा नं १० को वडा अध्यक्ष निल बहादुर तामाङले प्रमुख आतिथ्यताको आशनबाट बेल्दै बालबिबाहको अन्त्य, गर्नुका साथै अहीलेको अबस्थामा आफ्नै भन्नेहरुबाट समेत बालबालीका असुरक्षित हुन थालेकोमा चिन्ता ब्यक्त गर्नु भयो । उँहाले भेटेकोशी गाँउपालिकामा हालै घटेको घटनाको स्मरण गराउँदै ढिलो चाँडो प्रहरीले दोषी पक्रेर कार्बही त गर्छ तर यसरी भएको नोक्सानीको कसैले पनी क्षती पाउँन सक्तैन भन्नु भयो । उँहाले कुनै पनी बालबालीका ले कसैले घुम्न जाऔ भनेर फाकाउँदैमा आफ्नै अभिभावक तथा शिक्षक...

मेलम्ची नगरपालिकाद्धारा भ्रममा नपर्न अनुरोध

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
गर्देै मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्धता भएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ। नगर प्रमुख तामाङको सचिबालयले आफ्नो आधिकारीक सञ्जाल मार्फत यस्तो जनाएको हो । केही दिन अगाडी केही सञ्चार माध्यमबाट मेलम्ची नगरपालिकामा अनियमितता भन्दै नगर प्रमुख र उप प्रमुख समेतको नाम आए पछी नगरपालिकाले यस्तो बताएको हो । पालिकाले नगर बासीलाइ भ्रममा नपर्न समेत आग्रह गरेको छ । हामी नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छौं । पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणको प्रतिवेदनको हवाला दिंदै मेलम्ची नगरपालिकाको विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छौं । बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छौं ।हामीलाई लाग्थ्यो रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समा...

डिभिजन बन कार्यलय सिन्धुपाल्चोक को आयोजना मा लोड सल्ला को बिरुवा रोपण

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला सवडिभिजन बन कार्यलय बाह्र्बिसे को समन्वय मा लोपुन्मुख प्रजाती जडिबुटी लोड सल्ला को बिरुवा रोपण कार्यक्रम भैरहेको सामुदायिक बन उपभोक्ता महासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोक का उपाध्यक्ष शारदा प्रसाद चालिसेले जानकारी दिनु भयो । चालीसेका अनुसार सिखर चुली सामुदायिक बन समुह का अध्यक्ष साजन श्रेष्ठ को अगुवाइ मा उपभोक्ता हरु को सकृयता मा सिखर चुली सामुदायिक बन मा लोपुन्मुख प्रजाती जडिबुटी लोड सल्ला को बिरुवा रोपण कार्यक्रम भैरहेको हो । चालिसेका अनुसार क्यान्सर रोग निको पार्ने औषधीको रुप मा यो लोड्सल्ला लाई प्रयोग गरिन्छ ।यस्को पात फल डन्ठी काठ बोक्रा सबै क्यान्सर रोग को लागी औसधि मा प्रयोग गरिन्छ ।यो लोड सल्ला लेक साइड हिमाली भाग मा पाइन्छ ।यस्को काठ को पलङ बनाएर सुते मा क्यन्सर रोग लाग्न बाट बच्न सकिन्छ ।पात कलेक्सन गरेर सुकाउने र डस्ट बनाएर बिक्री गर्न सकिन्छ फल पनि बिक्र...

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।...

रतनकोटमा विश्व शान्तिका लागि त्रिपिटक पाठसहित ९ दिने महापूजा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत(अधिराज ) सुनकोशी गाउँपालिका–५, रतनकोटमा ब्रह्माण्डका सम्पूर्ण प्राणी जगतको कल्याण तथा विश्व शान्तिको कामनासहित आयोजना गरिएको ९ दिने त्रिपिटक पाठसहितको महाशान्ति पूजा सफलतापूर्वक सम्पन्न गरिएको छ । गुरु रिन्पोछे निर्माण तथा संरक्षण समितिका प्रमुख सल्लाहकार, धर्मप्रेमी युवा व्यवसायी तथा समाजसेवी कर्म लामा र गुरु रिन्पोछे संरक्षण समितिको समन्वयमा यहि वर्षको सागा दावा को पावन अवसर पारेर बुद्ध वचन १०८ ठेली कांग्युर ग्रन्थ पाठ तथा प्रज्ञापारमिता विश्व शान्ति पूजा आयोजना गरिएको हो । श्रद्धेय धर्मगुरुहरुको सानिध्यमा २०८२ साल जेठ २८ गतेबाट सुरु भई ९ दिनसम्म ३१ जना लामा गुरुहरूले त्रिपिटक पाठ वाचन गरेका थिए। अन्तिम दिन क्ष्योइखोर (लामा पुस्तक परिक्रमा) सहित गाउँ परिक्रमा गरिँदै महापूजाको समापन गरिएको हो । समापन समारोहमा गाउँका धर्म प्रेमी, स्थानीयवासी तथा सैयौं श्रद्धालुहरूको बाक्लो उ...

सहकारीको संकट

जिबनशैली, बिजनेस, विचार
सहकारीमा बचत र्फितालाई मात्र जोड दिएका अवस्था छ ऋण लिएकाहरुलाई पनि समयमै यसलाई फिर्ता गर्न सहकारीमा आवद्ध सदस्यहरुले नै पहल गरे सहकारीमा कुनै समस्यमा छैन । सहकारी सम्बन्धी जुन प्रकारका् भ्रम छ त्यो हटाउनको लागि राज्य स्तरबाटै लाग्नु पर्छ स्वय सहकारी कर्मीहरु पनि लाग्न सकेको खण्डमा सहकारी बास्तबमा देशको अर्थतन्त्रको एउटा खम्बा बन्न सक्छ । बिष्णु गिरी ‘निश्चल’ पछिल्लो समय सहकारीहरुमा भएको सामान्य जनताको अर्बौं पैसा असुरक्षित छ । फिर्ता कहिले र कसले गर्ने निश्चित छैन । सडकमा जुलुस लागेको छ । सहकारी सञ्चालका भाग्नु पर्ने बाध्यता बनेको छ भने ऋण लगेकाहरुले ऋण नतिर्ने अनेको बहानाबाजी बनाईरहका छन् ।सहकारी क्षेत्रमा समस्या देखिए पनि तयार गरिएको राज्यको आवधिक योजना, नीति, कार्यक्रम बजेट कतै कुनै चर्चा छैन । सहकारीलाई धेरैले नाफामूलक उद्यमको रुपमा स्वीकार गरिनुले पनि पछिल्लो समय संकट आएको धेरै...

बजेट कार्यान्वयनमा समस्या: सरकार असक्षम कि योजना विहीन ?

जिबनशैली, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
चालु आर्थिक वर्ष २०८०/०८१ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एकपटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि विकास खर्चको गति आशानुकूल देखिएको छैन । यस आर्थिक वर्षमा सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदका दुई ठूला दल मिलेर गठन गरिएको सरकारको अपेक्षित प्रभाव बजेट कार्यान्वयनमा नदेखिनु सरकारप्रतिको जनआस्थामा गम्भीर प्रश्न खडा गरिरहेको छ । यो अवस्था केवल संयोग वा समयको अभावले भएको होइन बरु संरचनागत समस्या कार्यान्वयन तहको लाचारी तथा नीतिगत अलमलको प्रतिबिम्ब हो ।विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि पुँजीगत खर्च अत्यन्त कमजोर देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेटमध्ये जेठ मसान्तसम्म जम्मा १ खर्ब ४३ अर्ब ३९ करोड ...

लप्सी पकेट क्षेत्रमा प्रशोधन प्रविधि हस्तान्तरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
 विदुर आचार्य, चौतारा, असार ५ गते । सुनकोशी गाउँपालिकाले स्थानीय लघु उद्यमीहरुलाई लक्षित गर्दै लप्सी र साबुन प्रशोधनमा प्रयोग हुने प्रविधि हस्तान्तरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकाले वडा नं. १ र ५ मा सामूहिक रूपमा लप्सी तथा साबुन व्यवसायमा संलग्न उद्यमी समूहहरुलाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले प्रविधि हस्तान्तरण गर्नुहुँदै भन्नुभयो, ‘प्रविधि हस्तारन्तरणले लघु उद्यमीहरुको उत्पादन क्षमता वृद्धि र व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेको छ ।’ कार्यक्रम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । यसअघि मानव स्रोतको भरमा सीमित मात्रामा लप्सी प्रशोधन हुँदै आएकोमा अब प्रविधिको सहयोगले उत्पादन वृद्धि र गुणस्तरीयता सुनिश्चित हुने अपेक्षा गाउँपालिकाले गरेको छ । गाउँपालिका उद्यम ...