सम्पर्क

माओवादी ,राप्रपाकाकार्यकता लगाएतले आगजनी गरे ः बस्नेत

अधिराजकुमार बस्नेत
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले जेनजीको आन्दोलनका क्रममा माओवादी र राप्रपाका कार्यकर्ताले आफ्नो घरमा आगो लगाएको बताउँनु भएको छ ।पूर्वमन्त्री बस्नेतले आइतबार आफ्नो बालकोटस्थित घरमा उपस्थित कार्यकर्ताहरुको भेटमा यस्तो बताउँनु भएको छ। उँहाले आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि चोखो नदेखिएको स्पष्ट पार्नु भयो । ’जेनजीको नाममा अहिले भएको आन्दोलनमा घुसपैठ भएको छ। राप्रपा पनि चोखो देखिएको छैन। ‘सिसिटिभी फुटेजहरु बाहिर आइरहेका छन् भन्नु हुँदै ‘आगजानीमा देशव्यापी रुपमा माओवादी अघि देखिएको छ। मेरै घर तिनकुनेमा र बालकोटमा पनि आगो लगाउने क्रममा माओवादी सक्रिय देखिन्छ। रास्वपा पनि सक्रिय भएको देखिन्छ। स्वदेशीमात्र छैन। विदेशी पनि देखिएका छन् भन्नु भएको छ । भदौ २३ गते भएको जेनजीको प्रदर्शनका क्रममा कांग्रेस नेता बस्नेतको तीनकुनेस्थित निवास र बालकोटस्थित निवास आगजानी भएको थियो। यस घटनापछि उहाँलाई भेट्न सिन्धुपाल्चोकका कांग्रेसका नेता कार्यकर्ता बालकोट पुगेका थिए।नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो घर ध्वस्त गर्नमा नेकपा माओवादी केन्द्रलगाएत को हात रहेको आरोप लगाउनुभएको छ।उहाँले आइतबार जसमा स्वदेशी मात्र नभएर विदेशीहरु पनि संलग्न रहेको दावी गर्नुभएको हो। देशमा प्रजातान्त्रिक मूल्य र प्रणालीमाथि हमला भइरहेको आरोप लगाउँदै उहाँले चुनौतीको घडीमा डराएर नबस्ने बताए। धेरैले मलाई नबोल्न सुझाव दिएका छन्, तर सत्य बोलेर देश बचाउने हो भने म चुप लाग्दिन, बस्नेतले जोड दिनुभयो।
उहाँले आफ्नो निवास बालकोट,तिनकुने,पार्टी कार्यालय सानेपा,देउवा निवास बुढानिलकण्ठ ,दिपक खड्काको घर समेत अवलोकन गर्नुनु भएको छ।