सम्पर्क

‘जेनजी’ प्रदर्शनमा मृत्यु हुनेलाई सहिद घोषणा, सरकारद्वारा प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति

सरकारले भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । साथै, मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति दिने घोषणा गरिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, “मुख्य सचिवसँगको छलफलपछि प्रदर्शनमा ज्यान गुमाउने परिवारलाई आर्थिक क्षतिपूर्ति दिने निर्णयमा मैले हस्ताक्षर गरेकी छु ।”
त्यसैगरी, सरकारका तर्फबाट घाइते भएकालाई उपचार खर्च उपलब्ध गराउने, मृतक परिवारलाई काठमाडौँमा बस्दा लाग्ने खर्च व्यहोर्ने तथा शवलाई स्थानीय तहसम्म पु–याउने व्यवस्था गर्ने निर्णय भएको छ ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जना गरी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । १३४ जना प्रदर्शनकारी, प्रहरी ५७ गरी १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।