सम्पर्क

जिबनशैली

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ७ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा...
पूर्वराजा शाहद्वाराज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

पूर्वराजा शाहद्वाराज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ । पूर्वराजा शाहले भन्नुभएको छ, “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।”एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड रहेको छ ।पूर्वराजा शाहले भिडीयो मार्फत मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै अबको बाटो राष्ट्रिय सहमति हुनुपर्ने बताउँनु भएको छ उहाँले हालको व्यवस्था र राजनीतिक नेतृत्वको कार्यशैलीप...
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  रासस काठमाडौँ, ६ फागुनः नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट आज प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा गरिएको हो । प्रतिज्ञापत्र सार्वजनिक भएका सन्दर्भमा कांग्रेसले पार्टी कार्यालय सानेपामा आजै पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ । कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र सङ्कल्पको आत्मबोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्नसक्ने भावना, कार्ययोजना र आधारसहितको...
नेकपा एमालेका उम्मेदवार तामाङ चुनावी घरदैलो अभियानको क्रममा आज इन्द्रावती गाउँपालिकामा

नेकपा एमालेका उम्मेदवार तामाङ चुनावी घरदैलो अभियानको क्रममा आज इन्द्रावती गाउँपालिकामा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
देबराज सुबेदी  सिन्धुपाल्चोक । नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले चुनावी घरदैलो अभियानको क्रममा आज इन्द्रावती गाउँपालिका–८ अन्तर्गत गहते बस्तीबाट कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् । घरदैलो अभियानका क्रममा स्थानीयवासीले बस्ती हुँदै मुख्य सडक जोड्ने बाटोको केही भाग मात्रै कालोपत्रे भएको र बाँकी भाग अझै कच्ची अवस्थामै रहेको गुनासो गरेका छन्। स्थानीयका अनुसार सडक कालोपत्रे हुन बाँकी रहेका कारण धुलो, हिलो र फोहोरको समस्याले दैनिक जीवन प्रभावित भइरहेको छ। विशेषगरी सवारी आवागमन, विद्यालय जाने विद्यार्थी तथा वृद्धवृद्धालाई आवतजावतमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन्। स्थानीयको गुनासो सुनेपछि उम्मेदवार तामाङले आफू स्पष्ट योजनासहित मतदाताको घरघरमा पुगेको बताउँदै यस प्रकारका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै अधुरा पूर्वाध...
निर्बाचन नजीकीदै गर्दा उमेदवारहरुलाइ चटारो कार्यकर्ता छलफलमा 

निर्बाचन नजीकीदै गर्दा उमेदवारहरुलाइ चटारो कार्यकर्ता छलफलमा 

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
निर्बाचन आउँन १५दिन बाँकी हुँदा सिन्धुपाल्चोकका उमेदवारहरुलाइ मतादाताहरु सँग भेटघाट गर्न मा चटारो परेको छ सिन्धुपाल्चोकजिल्लामा बिशेष गरी नेपाली काँग्रेस र नेकपा एमाले , नेपाली कम्युनिष्ट पाटी राप्रपा , रास्वपा लगाएतका दलहरु बिच चुनावी प्रतिष्पर्धा भइरहेको छ । सबै उमेदवारहरु आफु जित्नेमा ढुक्क सँग लागी परिरहेका छन । यसै बिषयलाइ लिएर नेपाली काग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाका निर्बाचन क्षेत्र नं २मा पर्ने वडा नं १,५,६,७,८,११,१२,१३,१४ गरी ९वटा वडाहरुको वडा इकाइ सभापती सचिब तथा पदाधिकारीहरुको मङ्गलबार एक छलफल कार्यक्रम भएको छ । छलफलमा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी बिलबहादुर तामाङले निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्न सबै राजनितीदलहरु एक भएर लाग्न पर्ने बताउानु हुँदै नेपाली काँग्रेसका साथीहरु आफ्नो दाइत्व पुरा गर्न लागी पर्नु पर्ने बताउँनु भयो । उँहाले नेपाली काँग्रेसका सबै साथीह...
स्थानीयको माग सम्बोधन गर्दै काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको छ नगर प्रमुख बालकृष्ण बस्नेत

स्थानीयको माग सम्बोधन गर्दै काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको छ नगर प्रमुख बालकृष्ण बस्नेत

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
धर्म सस्कृती र परम्पराको संरक्षण गर्दै मठ मन्दीर पाटी पौवा बाटोघाटो र शिक्षा तथा स्थानीय उत्पादनमा प्रोत्साहान स्थानीयलाइ रोजगार दिनु आफ्नो पहीलो कर्तब्य भएकाले सोही अनुसार काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । नगर प्रमुख बस्नेतले बाह्र्बिसे नगरपालिका वडा नं ३ धार्पा स्थित नारायणथान मन्दीरको सिल्यान्यास गर्दै यस्तो बताउँनु भएको नगर सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार नगर प्रमुख बस्नेतले नेपाली काँग्रेसका प्रभाबशाली नेता पुर्ब मन्त्री मोहनबहादुर बस्नेतले स्थानीय नागरिक को माग सम्बोधन गर्न सके मात्र नेता भएको प्रमाणीत हुने भन्दै निशुल्क शिक्षा स्वास्थ्य खानेपानी सँगै यस्ता मठ मन्दीर गुम्बा लगाएत बिभिन्न धर्मममा आश्था राख्ने सबैको माग बमोजिम काम गर्नका लागी आफुलाइ नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको...
दुर्गम हेलम्बुको छलाङः कार्यसम्पादनमा महानगरलाई उछिन्दै उत्कृष्टता

दुर्गम हेलम्बुको छलाङः कार्यसम्पादनमा महानगरलाई उछिन्दै उत्कृष्टता

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
रुपक पुरी ,पहाडी भौगोलिक कठिनाइ र सीमित आन्तरिक स्रोतबीच पनि हेलम्बु गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा उल्लेखनीय सफलता हासिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार हेलम्बुले ६२.९२ प्रतिशत अंक प्राप्त गर्दै धेरै चर्चित सहरहरूलाई पछि पारेको हो । आयोगका अनुसार काठमाडौं महानगरपालिका ले ४४.९७ प्रतिशत र धरान उपमहानगरपालिका ले ४९.७६ प्रतिशत अंक प्राप्त गरेका छन् । तुलनात्मक रूपमा स्रोतसाधन र पूर्वाधारमा अगाडि मानिने महानगरभन्दा दुर्गम गाउँपालिकाले उच्च अंक ल्याउनु अर्थपूर्ण उपलब्धि मानिएको छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले यो सफलता जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय र स्थानीयवासीको साझा मिहिनेतको परिणाम भएको बताउनुहुन्छ । सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएकै कारण सकारात्मक नतिजा सम्भव भएको उहाँको भन...
चुनावी रंगले रङ्गिएको सिन्धुपाल्चोकः घरदैलोदेखि सांस्कृतिक जुलुससम्म

चुनावी रंगले रङ्गिएको सिन्धुपाल्चोकः घरदैलोदेखि सांस्कृतिक जुलुससम्म

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
रुपक पुरी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोक जिल्ला यतिबेला चुनावी सरगर्मीले तातेको छ । पहाडी बस्तीका चोक–गल्ली, बजार र टोलहरूमा उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिन थालेको छ । घरदैलो, मतदाता भेटघाट, सुझाव संकलन, सांस्कृतिक झाँकी र सरसफाइजस्ता कार्यक्रममार्फत चुनावी माहोल गाउँ–गाउँसम्म पुगेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले लिसंखुपाखर गाउँपालिका को पाखर बजारबाट औपचारिक रूपमा ‘मतदाता भेटघाट तथा सुझाव संकलन’ अभियान सुरु गर्नुभएको छ । ‘तारा’ अंकित झण्डासहित निस्किएको जुलुसमा स्थानीय बासिन्दा, युवा, महिला र विद्यार्थीहरूको उल्लेख्य सहभागिता देखिन्थ्यो । डम्फु, झ्याली र बाजागाजाको तालमा सांस्कृतिक झाँकीसहितको स्वागतले चुनावी माहोललाई उत्सवजस्तै बनाएको थियो । अभियानमा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, प्रदेशसभा सदस्यहरू र पार्टी...
निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ५ फागुनः निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेका आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिनुभयो । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बंैकिङ प्रणालीबाट निर्वाचन ख...
निर्वाचन सुरक्षाबारे चौतारामा प्रहरी–सञ्चारकर्मी भेटघाट

निर्वाचन सुरक्षाबारे चौतारामा प्रहरी–सञ्चारकर्मी भेटघाट

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, चौताराले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउने तयारीबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक काजी कुमार आचायले , निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गराउँन प्रहरी लागी परेको र सुरक्षाका कारण निर्बाचनमा कुनै पनी बाधामअड्चन हुन नदीन प्रहरी अहीले देखीनै सतर्क रुहेको बताउानु भयो । उँहाले जिल्लामा ९६६ जना नेपाल प्रहरी र १,७०८ जना म्यादी प्रहरी तयारी अवस्थामा राखिएको बताउँनु भयो । संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाइने र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गरिने समेत सो अबशरमा जानकारी दिदै दुर्गम स्थानमा हेलिकप्टरमार्फत सुरक्षा व्यवस्थापन गर्ने तयारीसमेत गरिएको बताउँनु भयो ...