नेपाली काँग्रेस क्षेत्र नं २का उमेदवार बंसलाल तामाङ ले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ भोताङ–छिम्तिमा निर्वाचन केन्द्रित घरदैलो तथा मतदाता भेटघाट शुरु गर्नु भएको छ । सो क्रममा उँहाले पाँचपोखरी आफैमा एक रमणीय देवभूमि हो। यस क्षेत्रलाई सही रूपमा संरक्षण र प्रचार–प्रसार गर्न सकेमा पर्यटनमार्फत ठूलो आर्थिक लाभ हासिल गर्न सकिन्छ। यहाँका बाटोहरूको स्तरोन्नति गर्दै आवागमन सहज बनाउने हाम्रो प्रतिबद्धता छ भन्नु भयो ।याङ्री र लार्केको पानी काठमाडौं लैजाँदा स्थानीयले पाउनुपर्ने रोयल्टी सुनिश्चित गर्न म नीतिगत रूपमा पहल गर्दै रोयल्टी प्राप्त गर्ने ग्यारेन्टी गर्दछु ।
पाँचपोखरीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको त्इहाका स्थानीयको आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागी बंसलालको आबश्यक छ भनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोताङका अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसक्नु भएका सिनेन दोर्जे तामाङले मंगलबार एमाले परित्याग गर्दै कांग्रेस प्रबेस गर्नू भएको दिनेस भण्डारीले जानकारी दिनु भयो । सो अबशरमा एमाले परित्याग गरी बिजय तामाङ नयाँ तामाङ, साङ्गे पाख्रिन, अमित वाइबा र ठुला तामाङ नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी सोनम ग्याल्बो तामाङ तथा कर्मा स्याङ्बो पेम्बा सिङ्गी तामाङ कांग्रेसमा आबद्ध भएको समाचार प्राप्त भएको छ यसै गरी स्वतन्त्र पार्टी परित्याग गर्दै सागर स्याङ्बो टासि तामाङ, दावा गोले, करण वाईबा र सिर्सानी तामाङ पनि कांग्रेस प्रवेश गरेका बिल बहादुर तामाङले जानकारी दिनु भयो ।
नवप्रवेशीहरूलाई कांग्रेस केन्द्रीय सदस्य शिव सुनार तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले एक कार्यक्रमका बीच स्वागत गरेका थिए। स्वागत गर्दै नेताहरूले पार्टीमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै संगठन सुदृढीकरण र विकासका एजेन्डालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । यसै बिच वडा नं. १ बाँसखर्कका ११ जना युवा विभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेस मा प्रवेश गर्नु भएको बिल बहादुर तामाङले जानकारी दिनु भयो ्। उँहाका अनुसार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूमा बिकेस श्रेष्ठ, बुद्ध नारायण श्रेष्ठ, सुन लामा स्याङ्बो, मंगले स्याङ्बो, दावा श्रेष्ठ, दमाई सिंह बोम्जन, जीवन तामाङ, गोपी कृष्ण श्रेष्ठ, मनसिं पाख्रिन, सुजन पाख्रिन र टेक बहादुर श्रेष्ठ रहनुभएको छ । नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार वंशलाल तामाङ (सिन्धुपाल्चोक क्षेत्र नं. २) ले पार्टीमा स्वागत गर्नुभएको हो ।कार्यक्रममा बोल्दै कांग्रेस नेता कृष्ण कुमार तामाङ समीरले कांग्रेसले जितेको तीन वर्षमै बाँसखर्क क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गर्नुभयो। उहाँका अनुसार फट्टेको पुल निर्माण प्रक्रियामा रहेको छ, स्थानीय सडक स्तरोन्नति हुँदैछ तथा मेलम्ची–भोताङ सडकका लागि १६ करोड शुनिस्चित भइसकेको छ। नेता तामाङले यस क्षेत्रका दीर्घकालीन समस्याको समाधान नेपाली कांग्रेसबाट मात्र सम्भव हुने दाबी गर्दै विकास र स्थायित्वका लागि कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभयो ।उम्मेदवार वंशलाल तामाङको सक्रियतासँगै यस क्षेत्रमा युवाहरूको कांग्रेसप्रति आकर्षण बढ्दै गएको तामाङले बताउँनु भयो ।
