बाह्रविसे नगपालिकाको ११औँ नगर सभामा उप(प्रमुख श्री मन्जु तामाङलेप्रस्तुत गर्नु भएको आय र व्यय
नगर सभाका आदरणीय अध्यक्ष महोदय,
१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको, नेपालको सविधान २०७२ को धारा २३० र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ बमोजिम बाह्रविसे नगरपालिकाको उपप्रमुखको हैसियतले नगर सभाको बैठकमा आर्थिक वर्ष २०७९।८० को अनुमान प्रस्तुत गर्ने अनुमती चाहन्छु । प्रस्तुत बजेटलाई कृषि, शिक्षा र उद्यमशीलताको विकासबाट समृद्धि तर्फको यात्रा प्रस्थान गर्ने बजेटको रुपमा प्रस्तुत गरेको छु ।
२. स्थानीय तहको आवधिक निर्वाचन सम्पन्न भए पश्चात गठन भएको बाह्रविसे नगरपालिकाको ११ औं नगरसभामा हामी उपस्थित भएका छौं । यस सुखद् पृष्ठभूमिमा नगरसभाको यस बैठकमा आज आर्थिक वर्ष २०७९।८० को आय र व्यय अनुमान प्रस्तुत गर्न पाँउदा मलाई गर्वको अनुभूति भएको छ ।
३. यस अवसरमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, लोकतन्त्र र जनजीवनका लाग...
