सम्पर्क

क्रसरका कारण बस्ती जोखिममा खेतीयोग्य जग्गामा पहीरो

बिगतमा क्रशरहरुले मापदण्ड बिपरित काम गरेका कारण सिन्धुपाल्चोक जिल्लाका नदी किनारामा बसोबास गर्ने नागरिक र किनारामा खेती गर्ने किसान हरु अहीले समस्यामा परेका छन । यती मात्र होइन नदी किनारा छेउ बसोबास गर्ने बिशेष गरी माझी समुदायको बस्ती जोखिममा परेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी ११मा पर्ने भिमटारका माझी समुदाय अहीले पहीरोको जोखिममा रहेका छन । खोलाका किानारामा रहेको क्रसर हरुका कारणा बर्षेनी धान खेत गुमाउँदै आएका समुदायहरुको खेत यस बर्ष पनी बगायको छ । जथाधावी नदीको किनारामा क्रसरले मापदण्ड बिपरित गहीरो खन्दा भित्तो च्याप्दा यो समस्या भोग्न परेको स्थानीय बासिन्दा तेज बहादुर माझीले बताउँनु भयो । सरकारले असार साउँन भदौ महीनामा त नदीमा कुनै पनी तवरले नदी उत्खनन गर्नमा बन्देज लगाएको छ । तर त्यसको ख्याल नै नगरी मापदण्डको समेत वास्था नगरी नदी उत्खनन कार्य भइ रहेको पाए पछी जिल्ला सम्मन्वय समितीले सुरक्षा निकाय सहीतको टोलीले अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा केही क्रसरहरुलाइ कार्बही समेत गरेको छ । नदी जन्य पदार्थ उत्खनन गर्ने समयमा क्रसरहरुले मापदण्ड पालना गरेका छन की छैनन भनेर अनुगमन गर्ने मापदण्ड बिपरित काम गर्नेलाइ कार्बाही गर्नु पर्ने स्थानीयले बताएका छन । ईन्द्रावती खोलामा ठेकेदारले जथाभावी उत्खनन् गर्ने काम गरेको र खोलो उत्खनन् भएसँगै विस्थापित हुनुपर्ने त्रास बढेको हो । हिउँदमा अर्थात नदी जन्य पदार्थ उत्खनन गर्ने समयमा पनी मापदण्ड भनदा बढी गहीरो गर्ने दायाँ बाँयाँ खन्ने काम गर्दा बर्षादमा पहीरोको जोखिम बढेका ले यस तर्फ समयमा नै सम्बन्धीत निकायको ध्यान जान जरुरी रहेको समेत स्थानीयहरुको भनाइ रहेको छ ।