बिगत केही दिन देखी परेको भारी वर्षाले ल्याएको पहिरोका कारण बिभिन्न सडकहरु अबरुद्ध भएका छन । काठमाण्डौबाट तराइ जोड्ने पृथ्वी राजमार्ग अन्तरगत मुगलीङ्ग सडकमा पहीरो आइ सडक अबरुद्ध भएको छ । यसै गरि अविरल वर्षाका कारण बाह्रबिसे–कोदारी लोकमार्गको डाक्लाङ र मेलम्ची–१० को सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा राजधानी पुग्ने यात्रुबाहक बस बाटैमा रोकिएका छन् ।
डाक्लाङ खण्डका सडक भोटेकोशी नदीले कटान गर्दा यातयातका साधान आउजाउमा गर्न सकेका छैन ।तातोपानी भन्सारबाट काठमाडौं जाँदै गरेका दर्जनौं मालबाहक कन्टेनर र एम्बुलेन्स बाटैमा रोकिएका छन् । सडक माथिबाट पहिरो झरिरहका कारण सडक मर्मत गर्न समस्या भएको मेलम्ची नगरपालिकाले जनाएको छ ।पहिलो पन्छाउने स्काभेटरको प्रयोग गरिए पनि पहिरो रोकिएको छैन । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलले बेलुकीसम्म पहिरो पन्छाएर यातयातका साधान सूचारु गरिने जानकारी दिनुभयो । सडक अवरुद्ध हुदाँ पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र इन्द्रावती गाउँपालिका आउजाउमा समस्या भएको छ ।
पहिरोले सडक अवरुद्ध हुदाँ मङ्गलबार बिहानदेखि छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेको छैन ।भोटेकोसीको डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्धभोटेकोसीको डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सोमबार बिहान सडक भासिएर यातायात अवरुद्ध भएको हो ।
सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ भने अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भइसकेको छ ।
साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूल
ा सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको भनाई छ । सुनकोशी–५ सुनखानीको मानेडाँडा–देवीस्थान हेल्थपोष्ट सम्म विभिन्न स्थानमा बाटो अवरुद्ध भएको छ भने कतिपय घरहरु पनि असुरक्षित भएका छन् साथै खहरेहरुका पानीले आफ्नो धार परिवर्तन गर्दा बाटोमा आंशिक क्षति पुगेको छ।
