सम्पर्क

बाढीका कारण क्षेती भएको पुल तत्काल बनाइने

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ११ स्थित इन्द्रावती तथा मेलम्चीमा रहेको झोलुङ्गे पुल जोखिममा परेपछि त्यसको अनुगमन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तत्काल प्राविधिक टोली खटाएर संरक्षणको काम गरिने बताउँनु भएको छ ।छाप भन्ज्याङ –फट्केश्वर सडक अन्तर्गत दिर्ग साइला पहिरोमा पहिरो पन्छाउँदै मेलम्ची नगर प्रमुख आइतमान तामाङले मुख्य सडकमा अबरोध भए पछी तत्काल पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको बताउनुभयो ।झोलुङ्गे पुल तथा बस्ती संरक्षणका लागि मेलम्ची बजारवासीहरूले नगरपालिकासँग माग गरेका छन् । नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै बजारका बाढी प्रभावितहरूले तत्काल पुल संरक्षणका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । मेलम्ची नगरपालिकाको वडा नम्बर ११ र को केही भाग अन्य वडाहरू ७, ८, ९, र १० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिकाको विभिन्न भेगमा जाने एक मात्र विकल्पको रुपमा रहेको दुई वटा झोलुङ्गे पुलमा बाढीले पुनः क्षति गर्न थालेपछि संरक्षणको माग गर्दै स्थानीयले पत्र बुझाएका हुन् । नदीले धार परिवर्तन गरेसँगै झोलुङ्गे पुल ,दोभानटारमा रहेका बस्ती, धार्मिक तथा ऐतिहासिक मन्दिर इन्द्रेस्व महादेव समेत जोखिममा रहेका माग पत्रमा उल्लेख गरिएको छ । मेलम्चीका स्थानीयका तर्फबाट महावीर श्रेष्ठले पत्र हस्तान्तरण गर्नुभएको हो ।पत्र बुझ्दै नगर प्रमुख तामाङले तत्काल प्राविधिक टोली खटाएर संरक्षणको काम गरिने बताउँनुभयो । उहाँले पुल सँगै बस्ती संरक्षण गर्नमा नगरको मुख्य प्राथमिकता रहेको समेत बताउनुभयो । छलफलमा बाढी पीडित, नगर प्रमुख तामाङ,उपप्रमुख उमा प्रधान, प्राविधिक लगायतको उपस्थिति रहेको थियो ।