सम्पर्क

जिबनशैली

आदिवासि जनजाती महिलामा पानमाया

#, जिबनशैली, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको आदिबासि जनजाती महिलाहरुको हकहित र संरक्षण गर्दै बिभिन्न बिषयमा सामाजिक काम गर्दै आएको संस्था आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको १२ औ साधारणसभा तथा चौथो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । आदिबासी जनजाती महिला मञ्चका केन्द्रिय अध्यक्ष सुनी लामाको प्रमुख अतिथ्यतामा र गैरसरकारी महासंघका अध्यक्ष भवानी श्रेष्ठको बिशेष अतिथ्यतामा सम्पन्न भएको अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको अध्यक्ष पानमाया तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएकोे हो । यस्तै उपाध्यक्षमा जुना माझी, सचिवमा दिलमाया तामाङ, कोषाध्यक्षमा पुजा तामाङ, सहसचिवमा ललिता पुलामि मगर सहित विभिन्न समुदायका १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।  ...

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
चौतारा (सिन्धुपाल्चोक), १९ असोज ः सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउनुहुन्छ । चार वटा गाई पाल्नुभएका उहाँ दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्ने गर्नुहुन्छ । नेपाल संस्थाका सदस्यमध्ये सबैभन्दा बढी दूध बेच्ने कृषक हुनुहुन्छ । अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर रु छ लाख ८२ हजार एक सय ९९ आम्दानी गर्नुभएको छ । त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर रु छ लाख ३३ हजार तीन सय र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर रु छ लाख २१ हजार दुई सय कमाउन सफल ह...

बनेपा महोत्सव सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक, १९ असोज : काभ्रेपलाञ्चोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेला–महोत्सव बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ । सम्मेलनमा पर्यटन, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला तथा खेलकुद विकास गर्ने उद्देश्यले लिइएको छ । महोत्सवको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले आज उद्घाटन गर्नुभयो । मन्त्री लामाले स्थानीय सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुद विकासमा महोत्सवले ठूलो सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । “महोत्सव आन्तरिक पर्यटक प्रबद्र्धन र आर्थिक गतिविधि बढाउन सहयोगी हुनेछ”, उहाँले भन्नुभयो । मेला उद्घाटनअघि बनेपास्थित चैतन्यचोकदेखि महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्...

जुगलको आफ्नै भवनबाट सेवा शुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । जुगल गाउँपालिकाले नव निर्मीत भवनबाट प्रशासनिक काम सुचारु गरेको हो । सिन्धुपाल्चोक जिल्लामा रहेका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, भोटेकोशी, लिसंखुपाखर, पाँचपोखरी थाङपाल गाउँपालिकाले यसअघि देखि नै आफ्नै भवनबाट सेवा दिइरहेका छन् । बलेफी गाँउपालिकाले भने वडा नं. ५ को भवनबाट सेवा दिइहेको छ । बलेफी गाँउपालिकाले पनि नयाँ भवन बनि सकेको छ । उक्त भवन पुर्ण रुपले सम्पन्न भई नसकेकोले सम्पन्न हुन केही महिना लाग्ने भएकाले केहि महिनापछी आफ्नै भवनमा सर्ने पालिकाका अध्यक्ष गंगा तामाङ्गले बताउँनु भएको छ । यस्तै लिसंखुपाखर गाउँपालिकाले पनि फराकिलो गरि बनाइएको नयाँ भवन अन्तिम चरणमा पुगेको जनाएको छ । १२ पालिका मध्य सुनकोशी, हेलम्बु, त्रिपुरासुन्दरी गा...

सबै सुरक्षा निकायहरूले व्यावसायिक समन्वयकासाथ कर्तव्य निर्वाह गर्नुपर्ने , गृहमन्त्री श्रेष्ठ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा शान्ति सुरक्षा, सामाजिक सद्भाव, एकता र सहिष्णुता कायम गर्न सबै सुरक्षा निकायहरूले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै व्यावसायिक समन्वयका साथ कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित गौतम होटलमा बुधबार आयोजित समसामयिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले सबै सुरक्षा निकायहरू एकातावद्ध भएर निर्दिष्ट जिम्मेवारी पूरा गर्न यस अन्तरक्रियाले स्पष्टता र उर्जा प्रदान गरेकोले सोही अनुरूप सुरक्षा निकाय क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो । चाडपर्वलाई लक्षित गरेर शान्ति सुरक्षाको अवस्था मजबुद, यातायात तथा दैनिक उपभोग्य वस्तुहरूको उपलब्धतामा सहज पहुँच गराउन ध्यान दिनुपर्नेमा ...

स्थानीय तहका कर्मचारी आन्दोलनमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका माग सम्बोधन नभए शुक्रबारदेखि स्थानीय तहका सवै सेवा रोकीने भएको छ । मंगलबार स्थानीय तह कर्मचारी सघर्ष समितीले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै यस्तो चेतावनी दिएका हुन् ।सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग राख्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा लागेका हुन । स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीको छ । स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग रहेको छ...

मेलम्चीभोटेचौर स्वास्थ्य केन्द्रमा प्रसूति सेवा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर–१ स्थित शहरी स्वास्थ्य केन्द्र भोटेचौरमा प्रसूति सेवा सञ्चालनमा आएपछी स्थानीय हरुमा खुशी छाएको छ । मेलम्ची नगरपालिकाको हरेक गाँउमा स्वास्थ्य सेवा पुर्याउँने लक्ष्य अनुसार वडा नं १ को शहरी स्वास्थ्य केन्द्रमा बुधबारदेखि प्रसूति केन्द्र सञ्चालन गरिएकोवडा नम्बर १का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईले बताउानु भयो । उँहाले स्थानीय महिलालाई वडास्तरमै सहजरुपमा प्रसूति सेवा दिने उद्देश्यसहित प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उँहाका अनुसार सुत्केरी भएपछि आवश्यक जाँचको व्यवस्थासमेत गरिएको छ । प्रसूति केन्द्रबाट भोटेचौर १ र२ का महिला लाभान्वित हुनेछन्। प्रसूति सेवा सुरुभएसँगै अब अन्यत्र प्रसुती गराउँन एम्बुलेन्स तथा भाडाका सवारी सधन को व्यवस्था गरेर अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।...

 मेलम्चीमा बजार अनुगमन गुणस्तर हिन सामाग्री नष्ट

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्री हुनसक्ने, अस्वभाविक मूल्यवृदि हुनसक्ने जस्ता सम्भावना मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाएको छ । नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले बुधवार मेलम्ची बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरू अमृत खनाल र चन्द्रबहादुर तामाङ, उधोग वाणिज्य संघका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागीता थियो । अनुगमनको क्रममा भेटिएका गुणस्तरहिन सामान नष्ट गरिएको थियो ।...

मेलम्ची फट्टेको ह्युमपाइप बगाए पछी नागरिक समस्यामा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक, जिल्लाको मेलम्ची नगरपालिकाको बाढीले बगाएको फट्टेको मोटरेबल पुल तीन वर्ष बित्दा पनि निर्माण हुन नसकेपछी नगरबासी लाइ समस्या परेको छ । प्रदेस र सघंले पुल बनाउँनका लागी वास्था नगरे पछी नगरपालिकाको आफ्नै श्रोत बाट पुल बनाउँने तैयारी गरिरहँदा नागरिकलाइ तत्कालका लागी अस्थाइ रुपमा आबत जावत गर्नका लागी मेलम्ची नगर पालिकाले ह्युम पाइप राखेर सवारी साधन आवत जावतको व्यवस्था गरेको थियो । त्यो पनी बगाए पछी त्यस क्षेत्रका मानीसहरुलाइ झन समस्यामा पारेको छ ।   नेपालीहरुको महान चाड दसै तिहार नजीकीदै गर्दा बिगत तिन दिन देखी परेको अबरिल बर्षाका कारण मेलम्चीलाइ थप पिडामा पारेको छ । पुलमा बाढीले क्षति पु¥याएपछि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहीत स्थानीय जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गर्नु भएको थियो ।स्थलगत निरीक्षणपश्चात् नगरप्रमुख आइतमान तामाङले ‘तत्काल केही गर्न सक्ने अवस्था छैन‚ म...

नाम मात्र होइन काम सहितको नमुना बन्यो सिद्धिगणेश मावि

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मा रहेको श्री सिद्धिगणेश माध्यमिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ ।समयको परिवर्तनसँगै विद्यार्थीको आवश्यकताअनुसार बिद्यालयमा शिक्षकबाट शिक्षा सिकाइ गर्ने तरिका, बिद्यालयमा राखिएका सुचना बोर्ड अनी शिक्षक शिक्षिकाको लगनशिलता अनुशासन सबै पक्षबाट नमुना बनेको पाईएको छ । २०१५ सालमा स्थापना भएको विद्यालयले २०१९ माघ १९ गते सरकारी स्वीकृति प्राप्त गरेको थियो । सुरक्षा गार्ड सहित विद्यालयमा २५ जना शिक्षक शिक्षिकाले ३ सय ६८ जना बालबालीकालाई हरेक कक्षामा प्रोजेक्टर सहित स्मार्ट कक्षा सञ्चालन गर्दै आएका छन् ।विद्यालयका सहायक प्रधानाध्यापक तिलक बहादुर दङ्गालका अनुसार बिद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्ने भनेर बिद्यालयका प्रधानध्यापक राजकुमार यादव हरेक नयाँ नयाँ सोचका साथ अगाडी बढेकै कारण बिद्य...