सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । जुगल गाउँपालिकाले नव निर्मीत भवनबाट प्रशासनिक काम सुचारु गरेको हो । सिन्धुपाल्चोक जिल्लामा रहेका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, भोटेकोशी, लिसंखुपाखर, पाँचपोखरी थाङपाल गाउँपालिकाले यसअघि देखि नै आफ्नै भवनबाट सेवा दिइरहेका छन् । बलेफी गाँउपालिकाले भने वडा नं. ५ को भवनबाट सेवा दिइहेको छ । बलेफी गाँउपालिकाले पनि नयाँ भवन बनि सकेको छ । उक्त भवन पुर्ण रुपले सम्पन्न भई नसकेकोले सम्पन्न हुन केही महिना लाग्ने भएकाले केहि महिनापछी आफ्नै भवनमा सर्ने पालिकाका अध्यक्ष गंगा तामाङ्गले बताउँनु भएको छ । यस्तै लिसंखुपाखर गाउँपालिकाले पनि फराकिलो गरि बनाइएको नयाँ भवन अन्तिम चरणमा पुगेको जनाएको छ ।
१२ पालिका मध्य सुनकोशी, हेलम्बु, त्रिपुरासुन्दरी गाउँपालिकाले नयाँ भवनबाट कार्य सम्पादन गर्न पाएका छैनन् । लामो समयदेखि घर भाडामा लिएर कार्यालयको काम गर्दै आएको जुगल गाउँपालिकाले नयाँ भवनमा प्रशासनिक काम सुरु गरिएपनि पूर्णरुपमा भने भवन तयार हुन बाँकी रहेको छ । नयाँ भवनबाट काम सुरु गरेपछि पालिका भित्रका सबै वडालाई पायक पर्ने भएको छ । छ करोड पचास लाख रुपैयामा भवन निर्माण गर्न बजेटको व्यवस्था भए पनी चार करोड पचास लाखमा ठेक्का लागे को थियो । जुगल गाँउपालिका बासीले नयाँ भवनसँगै पुराना अनुभवि इमान्दार प्रमुख प्रशासकीय अधिकृत पाएकोमा खुशी ब्यक्त गरेको छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर बिक यस अघि पनि जुगल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरी कानुन न्याय तथा संसदीय ब्यवस्था मन्त्रालयमा करिब १ बर्ष काम गरी प्रशासनकि काममा थप जानकार भइ आउँनु भएकाले पनि जुगल गाँउबासीले अझ सरल सहजताका साथ सेवा पाउँने भएका छन ।
