सिन्धुपाल्चोक जिल्लाको आदिबासि जनजाती महिलाहरुको हकहित र संरक्षण गर्दै बिभिन्न बिषयमा सामाजिक काम गर्दै आएको संस्था आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको १२ औ साधारणसभा तथा चौथो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । आदिबासी जनजाती महिला मञ्चका केन्द्रिय अध्यक्ष सुनी लामाको प्रमुख अतिथ्यतामा र गैरसरकारी महासंघका अध्यक्ष भवानी श्रेष्ठको बिशेष अतिथ्यतामा सम्पन्न भएको अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ ।
आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको अध्यक्ष पानमाया तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएकोे हो । यस्तै उपाध्यक्षमा जुना माझी, सचिवमा दिलमाया तामाङ, कोषाध्यक्षमा पुजा तामाङ, सहसचिवमा ललिता पुलामि मगर सहित विभिन्न समुदायका १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
