गाउँपालिका स्तरीय होमस्टे तालिम पाँचपोखरीको भोताङमा सुरु
पाँचपोखरी थाङ्पाल गाउँपालिका र STLRP परियोजनाको साझेदारी कार्यक्रम अन्र्तरगत सोमबार आज बाट गाउँपालिका स्तरीय होमस्टे तालिम सुरु भएकोे छ । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले यस कार्यक्रम बाट पाँचपोखरी भित्रका होटल तथा होमस्टेहरु ब्यबस्थित तथा गुणस्तरीय हुने विस्वास लिइएको बताउनुभयो । उहाँले पर्यटनको पर्याप्त सम्भावना बोकेको पालिकालाई पर्यटकको हब बनाउन गाउँपालिका लागी रहेको भन्दै त्यसैको लागी होटल र होमस्टेको विकास गर्दै अगाडी बढेको बताउनुभयो । यहाँले अतिथि सत्कार, खानाको परीकार देखि अन्यकुराहरुमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । तालिमले गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने उहाँले बताउनुभयो । वडा नम्बर ३ का अध्यक्ष एवम् पाँचपोखरी पर्यटन बोर्डका अध्यक्ष ङिमाछिरिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रम भोताङको यार्सामा २८ गते सम्म चल्नेछ । तालिमले होमस्टे व्यवसायीहरु...
