सम्पर्क

जिबनशैली

२०८० पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
२०८०साल नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष भएको नेपाल पत्रकार महासघंले जनाएको छ । महासघका महासचिव रोसन पुरी द्धारा नंया बर्षको अबशरमा जारी शुभकानमान सन्देशमा यस्तो जनाइएको हो । उँहाद्धारा जारी सन्देशमा नयाँ वर्ष विक्रम संवत् २०८१ शुभारम्भ भएको छ । नयाँ वर्ष शुभारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण पत्रकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सञ्चार क्षेत्रमा क्रियाशील संघसंस्था तथा समग्र नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।अघिल्लो वर्ष २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । समग्र पत्रकारिता क्षेत्रमा विभिन्न खालका चुनौती आइपरेका छन् । विश्वव्यापी रुपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका छन् ।नेपाल पत्रकार महासंघमा...

उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सन्जिब दुलाल भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ । पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “घरको मुलीले घर सम्हाल्न नसके परिवारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दुःख पाउँछन् । विद्यालयका प्राचार्य मेहनती भए शिक्षकहरू पनि मेहनती हुनेछन् ।” नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्ण लगत्तै विदेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरिकलाई तातोपानी एक गिलास खुवाउने कोही नहुने स्थिति आउनेतर्फ सचेत ग...

महाकुम्भ मेलामा शाहीस्नान

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
धरान (सुनसरी), १ वैशाख : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ । आज नयाँ वर्षको शुभसाइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाहीस्नान गरिएको हो । जगदगुरु बालसन्त मोहनशरण देवाचार्यसहित साधुसन्तहरूले बराहक्षेत्रस्थित सप्तकोशी नदीमा शाहीस्नान गरेका हुन् । एक महिनासम्म लाग्ने कुम्भमेलामा जम्मा चारवटा स्नान कार्यक्रम राखिएका छन् । यही वैशाख ११, १६ र २६ गते शाहीस्नानका कार्यक्रम राखिएको छ । हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ वराहक्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्तलगायतले शाहीस्नान गरेको जगदगुरु देवाचार्यले बताउनुभयो । धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ । शुभ मुहुर्तमा शाहीस्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहेको देवाचार्यले बताउनुभयो ।...

दुई दिने आत्मरक्षा तालिम सम्पन्न

जिबनशैली, समाचार
चौतारामा किशोरीहरुलाई २ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । बागमती प्रदेश युवा परिषदको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोकको आयोजनामा २ दिने आत्मरक्षा तालिम शुक्रवार र शनिबार चौतारा भएको थियो । पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको प्रदेश युवा स्वयंसेवक रुपक दुलालले बताउनुभयो । महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिममा ३० जना किशोरीहरु सहभागिता रहेको थियो । बागमती प्रदेश युवा स्वयंसेवक रुपक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख...

२०८१ सालको वार्षिक राशिफल

जिबनशैली, विचार, समाचार
यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ । कालयुक्त नामक संवत्सरको स्वामी शिव हुन् । यसकारण यस वर्ष सवै प्राणीहरुले आँटेको कार्य पुरा गर्न सहज रहनेछ तर राजा मंगल र मन्त्री शनी रहनाले देशमा झगडा, द्धन्द र विवाद अत्याधिक बढ्न सक्छ । शनि र मंगलले गर्दा सरकार भित्र नै दुई मतको सिर्जना हुनसक्ने देखिन्छ । यसको प्रभाव आम जन मानसमा पनि पर्न सक्छ । यस बर्ष जल संख्या ९६ र भुमि जल संख्या १९ रहनेछ । जन्मको अनुपातमा मृत्यु अत्याधिक रहनेछ । कृषकको लागि नराम्रो हुने छैन । रोगव्याधिले गर्दा मानिस तथा पशुमा प्रभाव पर्नेछ । व्यवसायीको लागि खासै राम्रो रहने छैन । यस वर्षको सवै राशिको वैदिक राशिफल यसप्रकार रहनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : यो वर्ष समय शुभ छ । पारिवारिक सम्बन...

विसं २०८० : मेलम्ची पर्खंदै बित्यो आधा वर्ष

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ३० चैत : पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उत्पत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउँछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैैले पत्याएनन् । उल्टो उहाँलाई पागलको सङ्ज्ञा दिँदै यस्तो असम्भव कुरा बोल्ने भनेर भनिन्थ्यो । उहाँको दीर्घकालीन सोच असम्भव रहेनछ भन्ने कुरा पुष्टि गर्न तीन दशकभन्दा बढी समय लाग्यो । लामो समयमको प्रतिक्षापछि उपत्यकावासीको धाराधारामा मेलम्ची खानेपानी आयो । बढ्दो जनङ्ख्यासँगै पानी आवश्यकता पनि बढ्न थाल्यो । काकाकुल काठमाडौँको तिर्खा मेटाउन आएको मेलम्चीले उपत्यकावासीमा खुसी ल्यायो । पानीको अभाव बढेपछि रातभरि निन्द्राको माया मारेर पानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएकामा उपत्यकावासीमा खुसी छाएको थियो । मेलम्ची खानेपानी आयोजनाको पहिलो उद्घाटन तत्कालीन खानेपानी मन्त्री बिना मगरले विसं २०७७ असार २१ गते गर्नुभएको थियो । आयोजना सुरु भएको २२ वर्षपछ...

वर्षान्त २०८०ः विद्यालय शिक्षा विधेयकले तताएको वर्ष

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ३० चैतः संसदीय इतिहासमै सम्भवतः सबैभन्दा बढी संशोधन परेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ले यो वर्ष संसद्बाहिर पनि निकै चर्चा पायो । विधेयक संसदीय समितिमा छलफलमै रहेकाले यसको चर्चा र चासो नयाँ वर्षमा पनि कायमै रहने देखिएको छ । नेपालको संविधान जारीपछि हरेकजसो सरकारका शिक्षामन्त्रीको पहल र प्रतिबद्धता भए पनि हालसम्म संसद्मा पुग्न नसकेको सो विधेयकमाथि अनेक कोणबाट बहस चलिरहेकै छन् तर विधेयक संसद्मा पुग्नुलाई नै एक उपलब्धि मानिएको छ । आमचासोको विषय बनेको सो विधेयक हाल प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विचारधीन छ । सो विधेयकमा एक सय ६३ धारा रहेकामा एक सय ५२ सांसदले एक हजार सात सय ८५ संशोधन प्रस्ताव दर्ता गरेका छन् । एक सय ६३ दफा रहेको सो विधेयकमाथि समितिका संशोधनकर्ता सांसदसँग छलफल हुन थालेको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकरण र संशोधनका लागि तत्कालीन शि...

विसं २०८० : वन मन्त्रालयमा केके काम भए ?

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ३० चैत : वातावरण संरक्षण तथा उपयोग, जलवायु परिवर्तन, समस्या समाधान र नीतिगत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न २०८० साल उपलब्धिमूलक नै रह्यो । खासगरी जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा ध्यानाकर्षण गराउन नेपाल सरकारले धेरै हदसम्म सफलता हासिल गर्यो । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तन, वातावरण संरक्षण, वन स्रोतको दिगो उपयोग, नीतिगतलगायत क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ । पछिल्लो समय देशभर ठूलो चुनौतीका रुपमा देखिएको मानव वन्यजन्तु द्वन्द्वलाई व्यवस्थापन गर्न मन्त्रालयले सोसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा वन्यजन्तु पीडितलाई सर्वसुलभ तरिकाले राहत वितरण गर्ने गरी ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०’ स्वीकृत गरी कार्यान्वयनमा ल्या...

टोलटोल बस्तीबस्तीमा नगरका कार्यक्रमहरु पुगोस् ः उपप्रमुख थापा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
प्रमिला बि.क/ चौतारा चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका टोलटोल बस्तीबस्तीमा आर्थिक बृद्धि हुने सिपमुलक कार्यक्रमहरु पु¥याउने उदेश्य राखेको नगरको उपप्रमुख सिता थापाले बताउनुभयो । उहाँले शुक्रबार ६५ दिने गलैँचा बुनाई तथा वातावरा मैत्री झोल सिलाइ तालिम समापत तथा झोला बितरण कार्यक्रम र नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो बताउनुभएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको थापाले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै, उहाँले पछिल्लो समयमा तल्लो वडा वडामा, टोलटोलमा, बस्ती बस्तीमा प्रत्येक आर्थिक रुपमा पछि परेकाहरुको माझमा सिपमूलक कार्यक्रम समाबेशात्मक ढंगले व्यवस्थापन गर्न नसक्दा प्रभावकारी हुन नसकेको बताउदै अगामि दिनमा यस्ता कार्यक्रमहरु सबैको पहुँचमा सहजै संचालन गर्नको लागि आफुले नगरपालिकामा, नगरमहिला संजालसगँ, कार्यपालिकाको सदस्यहरुसँग धेरै पटक छल फल गरेको र कार्यन्वयको अवस्थाम...

चौतारामा २ दिने आत्मरक्षा तालिम सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेश युवा परिषदको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोक आयोजनामा किशोरीहरुलाई २ दिने आत्मरक्षा तालिम चौतारामा सुरु भएको छ । तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधानलगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ । बिहिबार र शुक्रबार २ दिन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सीता थापाले हरेक क्षेत्रमा हुने सबैखाले हिंसाको प्रतिकार प्रतिरक्षाको लागि मानसिक एव शारिरिक हिसाबले तयार रहनका लागि तालिम महत्वपूर्ण हुने बताउनुभयो । बागमती प्रदेश युवा स्वयंसेवक रुपक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सीता थापा, अतिथि नगर महिला सञ्जालका सचिव तारादेवी राना, नगरकार्यपालिका सदस्य सानुमाया गुरुङ,  प्रशिक्षक सीता माया बुलुन र निर्...