रक्तदान जीवनदान, सुनकोशी–इन्द्रावती समाजको अभियान नाराका साथ आज सम्पन्न खुल्ला रक्तदानमा २९ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदानमा १७ औं पटक ब्लड डोनेशन गर्नुभएका त्रिपुरासुन्दरी गाउँपालिका–६ टेकापुरका संतोष बोहराले आफूले प्रदान गरेको रगतले कसैको ज्यान बच्ने भएपछि आगामी दिनमा पनि रक्तदान गर्ने बताउनु भयो । त्यस्तै १९ पटक रक्तदान गर्नु भएका बलेफी गाउँपालिका–७ का अमृत अधिकारीले रगत अभावमा कुनै बिरामी मृत्युको मुखमा पुग्न नपुगोस् भनेर रक्तदान गर्दे आएको बताउनु भएको छ । सुनकोशी–इन्द्रावती समाज, डि. एस. टे«डिङ(डि एक्स एन) सूर्यबिनायक र साथी फाउण्डेशन नेपाल सिन्धुपाल्चोकद्धारा संयुक्त रुपमा रक्तदान कार्यक्रम भएको साथी फाउण्डेशनका अध्यक्ष बलदेव तिमल्सिनाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राबिधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक सहयोगमा रक्तदान सम्पन्न भएको हो । नेपाली काँगे्रसका नेता भूपेन्द्रबहादुर थापाले यो संगै पाँच दर्जन भन्दा बढी रक्तदान कार्यक्रम र बिभिन्न निशुल्क स्वास्थ्य शिविर राख्दै आउनु भएको छ ।